
बाग्लुङ र पाल्पामा भएको आगलागीमा ३ बालबालिकाको मृत्यु दुईवटा भैसी जले
रासस
बाग्लुङको ताराखोला गाउँपालिका–४, तारागाउँको एक गोठमा आगलागी हुँदा ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ ।
मंगलबार अपराह्न सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

उता पाल्पामा पूर्वखोला गाउँपालिका २ जल्पाको साकिनेमा आगालागी हुँदा स्थानिय रुद्रबहादुर दर्लामीको घर जलेको छ । आगोलागीमा परि गोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट गोठमा रहेका दुईवटा भैसी, घरमा रहेको दुई थान मोबाईल सेट, लत्ताकपडा लगायत जिन्सी सामान सहित करिव ६ लाख ७० हजारको बराबरको क्षती भएको पुर्वखोला इलाका प्रहरी कार्यालयका प्रमुख टकंबहादुर आलेले बताउनुभयो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52