
बाझापाटन तमु समाजको अध्यक्षमा पुनः कृष्णबहादुर गुरुङ
पोखरा १३ स्थित बाझापाटन तमु समाजको साधारण सभा तथा १५ औं अधिवेशन सम्पन्न भएको छ। २०२९ सालमा स्थापित समाजको अधिवेशनले पुनःकृष्णबहादुर गुरुङको अध्यक्षतामा आगामी दुई वर्षका लागि कार्यसमिति चयन गरिएको छ।

तमु धिं नेपालका सल्लाहकार, बाझापाटन तमु समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार कर्णेल रामकाजी तमुको प्रमुख अतिथीमा सम्पन्न अधिवेशनले समाजको उपाध्यक्षमा सु.ईन्द्रबहादुर गुरुङ, सचिव सुब्बा देवबहादुर गुरुङ, सहसचिव कुलप्रसाद गुरुङ, कोषाध्यक्षमा भिमसेन गुरुङ, सहकोषाध्यक्ष ना.सु. देउबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।
यसरी नै कार्यसमितिको सदस्यहरुमा ना.सु.आसबहादुर गुरुङ, हुमबहादुर गुरुङ, टोपबहादुर गुरुङ, ना.सु.शेरजंग गुरुङ, ना.सु.लालबहादुर गुरुङ, गणेशबहादुर गुरुङ, प्रकाश गुरुङ, तिलक गुरुङ निर्वाचित हुनुभएको छ।
यसै गरी अधिवेशनले माया कुमारी गुरुङको अध्यक्षतामा बाझापाटन तमु समाज आमा समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा प्रेमकुमारी गुरुङ, सचिवमा पूर्णकुमारी गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा शिरकुमारी गुरुङ, रुद्रकुमारी गुरुङ, खुकुकुमारी गुरुङ, दलकुमारी गुरुङ, सुश्री देवी गुरुङ चयन हुनुभएको छ ।
समाजका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन कार्यक्रमको संचालन ना. सु. देउबहादुर गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य सल्लाहकार क्या. मनबहादुर गुरुङले व्यक्त गर्नुभएको थियो।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52