ताजा खबर

बाझापाटन तमु समाजको अध्यक्षमा पुनः कृष्णबहादुर गुरुङ

   ९ चैत्र २०७५, शनिबार १९:५३      2,002 views

पोखरा १३ स्थित बाझापाटन तमु समाजको साधारण सभा तथा १५ औं अधिवेशन सम्पन्न भएको छ। २०२९ सालमा स्थापित समाजको अधिवेशनले पुनःकृष्णबहादुर गुरुङको अध्यक्षतामा आगामी दुई वर्षका लागि कार्यसमिति चयन गरिएको छ।

तमु धिं नेपालका सल्लाहकार, बाझापाटन तमु समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार कर्णेल रामकाजी तमुको प्रमुख अतिथीमा सम्पन्न अधिवेशनले समाजको उपाध्यक्षमा सु.ईन्द्रबहादुर गुरुङ, सचिव सुब्बा देवबहादुर गुरुङ, सहसचिव कुलप्रसाद गुरुङ, कोषाध्यक्षमा भिमसेन गुरुङ, सहकोषाध्यक्ष ना.सु. देउबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।


यसरी नै कार्यसमितिको सदस्यहरुमा ना.सु.आसबहादुर गुरुङ, हुमबहादुर गुरुङ, टोपबहादुर गुरुङ, ना.सु.शेरजंग गुरुङ, ना.सु.लालबहादुर गुरुङ, गणेशबहादुर गुरुङ, प्रकाश गुरुङ, तिलक गुरुङ निर्वाचित हुनुभएको छ।


यसै गरी अधिवेशनले माया कुमारी गुरुङको अध्यक्षतामा बाझापाटन तमु समाज आमा समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा प्रेमकुमारी गुरुङ, सचिवमा पूर्णकुमारी गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा शिरकुमारी गुरुङ, रुद्रकुमारी गुरुङ, खुकुकुमारी गुरुङ, दलकुमारी गुरुङ, सुश्री देवी गुरुङ चयन हुनुभएको छ ।


समाजका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन कार्यक्रमको संचालन ना. सु. देउबहादुर गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य सल्लाहकार क्या. मनबहादुर गुरुङले व्यक्त गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284