ताजा खबर

बाबा

   ५ पुष २०७५, बिहीबार ०७:२६      8,328 views


रोशनी गुरुङ

हजुरले परदेशमा हुँदा हामीलाई सम्झेर पठाउने
जस्तै मायालु चिठीहरु
अहिले परलोकबाट पठाउन मिल्दैन र बाबा ?

ऊ बेला घर परिवारबाट टाढा हुँदा
परिवारको यादहरुले सताई रहने त्यो मनभित्र
अहिले हाम्रो लागि
सम्झनाका कुनै पल बाँकी छैन र बाबा ?

यदि हाम्रो लागि थोरै पनि यादहरु बाँकी छ भने
हामीलाई हजुरको आवश्यकता हुँदा
हजुरको यादहरुले चरम सिमा नाघदा
किन हामीलाई सम्झेर घर आउनु भएन बाबा ?

सबैका बाबाहरु परदेशबाट घर फर्किन्छन
जागिरबाट घर फर्किन्छन
मेलापातबाट घर फर्किन्छन
हजुर कहिले र कहाँबाट घर फर्किनु हुन्छ बाबा ?

मान्छे बस्ने लोकदेखि पितृ बस्ने परलोक जोडने
कुन राजमार्ग, रेलमार्ग वा हवाई मार्ग छ र यो संसारमा ?

कुनैदिन त्यो मार्ग पत्ता लाग्यो भने
हजुरको याद आउँदा
हजुरलाई मन पर्ने मिठोमिठो खानेकुरा लिएर
हजुरलाई भेटन अवश्य आउने छु बाबा

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284