बारम्बार शिक्षक सरुवाको समस्याले विद्यार्थी मैत्री पढाई हुन सकेन
गणित र विज्ञान विषयका शिक्षकहरु शैक्षिक सत्रको बिच बिचमा सरुवा भइराख्ने समस्याले अध्ययन अध्यापनमा समस्या आएको छ ।
विद्यार्थी, अभिभावक र शिक्षकको समस्या सुन्न फेदीखोला गाउँपालिकाले आयोजना गरेको विद्यार्थीसँग अध्यक्ष कार्यक्रमका सहभागी अधिकाँश विद्यार्थी र अभिभावकले अध्यापन विधि प्रभावकारी बनाउन माग गरे ।
शिक्षा क्षेत्रमा गुणस्तरियता बढाउन सञ्चालित विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत गाउँपालिकाको वडा नं. ४ आरुखर्क मा तेस्रो संस्करण सम्पन्न भएको थियो ।
गलेमको शितला माध्यमिक विद्यालय र खामुहालेको सरस्वती आधारभुत विद्यालयका करिब १ सय जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले गुनासो सुनुवाई कार्यक्रम अत्यन्त राम्रो भएको र कार्यान्वयन पक्ष पनि उत्तिकै बलियो हुनुपर्ने बताएका थिए ।
‘एक बर्ष भित्र नै शिक्षकहरु फेरबदल हुनाले निरन्तर पढाईमा बाधा पुग्दै आएको छ ।’ शितला माविका कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष लामिछानेले गुनासो प्रकट गरे । साथै आर्थिक अभावका कारण आफ्नो घरमा विद्युत जडान हुन नसकेको भन्दै पढ्न समस्या भएको बताए ।
कक्षा १० मा अध्ययनरत विद्यार्थी यशोदा नेपालीले साना देखि ठूला कक्षामा केही शिक्षकहरुमा मित्रवत व्यवहारको कमी रहेकाले त्यसलाई सुधार्न गाउँपालिकाले आवश्यक पहल गर्न आग्रह गरिन । ‘केही शिक्षकहरुले परम्परागत तवरमै ठाडो व्यवहार गर्छन् ।’ विद्यार्थीमैत्री वातावरण सृजना गर्न सके शिक्षकसँग चाँडो घुलमिल गर्न सकिने उनको तर्क थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09