ताजा खबर

बालबालिकाको सामूहिका दाहसंस्कार

   २६ पुष २०७५, बिहीबार ०७:११      2,500 views

कान्तिपुर दैनिकबाट

बागलुङ — गोठमा भएको आगलागीमा परेर ज्यान गुमाएका यहाँका ३ बालबालिकाको बुधबार सामूहिक दाहसंस्कार गरिएको छ । तारा खोला गाउँपालिका ४ मा मंगलबार भएको घटनामा दिलबहादुर घर्तीका छोरीहरू ६ वर्षीया ऋतु, ४ वर्षीया आयुस्मा र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिशको मृत्यु भएको थियो ।

हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोस्टमार्टमपछि अन्तिम संस्कार गरिएको हो । श्रद्धाञ्जली दिन प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल र प्रहरी उपरीक्षक दीपक रेग्मी पनि घटनास्थल पुगेका थिए । स्थानीय यामबहादुर खत्रीको गोठमा भएको आगलागीमा परी तीन बालबालिका मारिएका हुन् ।

घटनाका पीडित अभिभावकलाई जिल्ला दैवी प्रकोप उद्धार समितिका तर्फबाट प्रजिअ खरेलले जनही १ लाख रुपैयाँको दरले राहत हस्तान्तरण गरे । गोठ क्षति भएका खत्रीलाई ८ हजार रुपैयाँ दिइएको छ ।

आगो फुकेर ताप्ने क्रममा गोठमा सल्केर घटना भएको थियो । बालबालिका मात्र रहेकाले उनीहरूको जलेर मृत्यु भएको थियो । बालबालिकाको शव अन्तिम संस्कारका लागि लैजाँदा उल्लेख्य संख्यामा उपस्थित गाउँले शोकमग्न देखिन्थे ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284