ताजा खबर

बिकास र ज्ञानका लागि बेगनासतालमा विराट ज्ञानमहायज्ञ, महायज्ञको तयारी अन्तिम चरणमा

   २१ मंसिर २०७५, शुक्रबार ०७:००      2,487 views


पोखरा, २० मंसिर ।
कास्कीको पोखरामा रहेका तालहरुमध्ये दोस्रो ठूलो ताल बेगनासताल र यस वरिपरिका क्षेत्रमा विकासका पूर्वधार निर्माण तथा यस ठाउँलाई उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने र सकरात्मक कुराको ज्ञान दिने उद्देश्यले बेगनासतालमा विराट ज्ञानमहायज्ञको आयोजना गरिने भएको छ ।
बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृ उद्धार धार्मिक कार्यअन्तरगत महायज्ञ गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
बेगनासताल किनाराको पानीमाथि नै स्टेज बनाएर मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा आयोजना गर्न लागिएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
पूर्वीय दर्शनअनुसार पितृ तथा मृतात्माहरुको शान्तिले पनि धेरै बाधा अड्चन नष्ट हुने विश्वास छ । यसका लागि महायज्ञ अवधिभर दिवंगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न हुन पाउने व्यवस्थासमेत महायज्ञमा गरिएको छ । आयोजकका अनुसार अहिलेसम्म बेगनासतालमा दुर्घटना वा विभिन्न कारणले १०४ जना भन्दा बढिले अकालमा ज्यान गुमाएको तथ्यांक छ । उक्त तथ्यांकमा झण्डै सय वर्ष अघिदेखिका मृतात्माहरु संकलित छन् ।
भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन हने उक्त महायज्ञबाट करिव पाँच करोड संकलन गर्ने र खर्च कटाएर चार करोड ७५ लाख बचत गर्ने लक्ष्य राखिएको महायज्ञका मुल संयोजक डिल्लीरमण तिवारीले जानकारी दिएका छन् ।
सनिवारदेखि सुरु हुने महायज्ञलाई सफलतापूर्वक संचालन गर्नका लागि पूर्व न्यायाधीश डिल्लीरमण तिवारीको अध्यक्षतामा एक हजार आठ सदस्यीय मूल आयोजक समिति, १५ सदस्यीय कार्यसम्पादन समिति र प्रचार प्रसार उपसमिति गरी ४७ वटा उपसमितिहरु गठन गरिएको छ । महायज्ञका लागि समारोह व्यवस्थापन, जनपरिचालन, मण्डप तथा मंच व्यवस्थापन, भोजन, सरसफाई सुरक्षालगायतका संपूर्ण प्राविधिक तथा सामाजिक कामहरु बाँडफाँड गरि अन्तिम तयारीमा जुटेको महायज्ञ आयोजक समितिका महासचिव तथा प्रवक्ता धु्रबनाथ अधिकारीले जानकारी दिए ।
महायज्ञको अन्तिम तयारी र भावि योजनाबारे जानकारी दिने उद्देश्यले राखिएको पत्रकार सम्मेलनमा बोल्दै महायज्ञका प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतमले पर्यटन पूर्वाधार विकासका लागि महायज्ञ नै अन्तिम विकल्प नभएपनि महायज्ञको माध्यमबाट हरेक घरदेखि राज्यसम्मका संयन्त्रहरुलाइ पर्यटन प्रवद्र्धनमा घचघच्याउने शक्ति प्राप्त हुने बताए ।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष डिल्लीरमण तिवारकिो अध्यक्षतामा भएको सो कार्यक्रममा प्रचार प्रसार समितिका संयोजक मोति गिरी, कार्यसम्पादन समितिका उपाध्यक्ष राममणी अधिकारी, संचार समितिका संयोजक भरतप्रसाद तिवारीलगायतले बोलेका थिए । कार्यक्रमको संचालन महायज्ञ मूल आयोजक प्रेस सल्लाहकार समिति सदस्य स्मीता अधिकारीले गरेकी थिइन् ।
यसैविच महायज्ञ तयारीअन्तरगत बिहिबार नै यज्ञस्थलबाट लेखनाथका विभिन्न ठाँउमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो । बेगनास युवा क्लबका अध्यक्ष तथा युवा परिचालन उप समितिका संयोजक रामबहादुर रानाभाटको नेतृत्वमा निस्किएको मोटरसाइकल ¥यालीले महायज्ञको प्रचार गर्दै पुन यज्ञस्थलमा नै पुगेर समापन गरिएको प्रचार प्रसार समिति संयोजक मोति गिरीले जानकारी दिएका छन् ।
यस्तै, महायज्ञपूर्व नै पोखरा ३१ बेगनासताल निवासी गणेश कार्की र श्रीमती सिता कार्कीले सोही कार्यक्रममा ५५ हजार पाँच सय ५५ सहयोग हस्तान्तरण गरे ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284