ताजा खबर

बुद्ध एअरले आजदेखि काठमाण्डौ-कोलकाता उडान सुरु गर्दै

   १३ जेष्ठ २०७६, सोमबार १०:३८      2,436 views

बुद्ध एअरले सोमबारदेखि काठमाण्डौ-कोलकाता उडान गर्ने भएको छ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो ।

सोमबारदेखि काठमाण्डौ–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ । 

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284