
बैदिक सनातन संस्कृतिको संरक्षणका लागि राम मन्दिरमा महायज्ञ हुने
राष्ट्रकल्याण र विश्वशान्तिको कामना सहित श्रीराम जानकी मन्दिरको प्राङ्गण पोरा १७ बिरौटा मा आगामी चैत्र २३ गते देखि २०७६ बैशाख १ गते सम्म श्रीमद्देवीभागवत नवाह विराट ज्ञान महायज्ञ हुने भएको छ ।

श्रीराम मन्दिर परिसर भित्र निमार्णधिन अवस्थामा रहेका धर्मशालाको बाँकी भौतिक निर्माण सम्पन्न गर्न तथा वैदिक सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्नका लागि मन्दिरको पश्चिम तर्फको जग्गामा गुरुकुल आश्रम निर्माण गर्ने, संस्कृत शिक्षाको अध्ययन, अध्यापन गराउने, धर्म संस्कृतिको पुर्नजागरण गराउने, समाजमा आईपर्ने सबै प्रकारका धार्मिक कार्यहरु गर्ने गराउने उद्देश्यका महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लिलाभक्त आचार्यले बताउनुभयो ।
उक्त महायज्ञमा प्रमुख कथा बाचक प्रखर बक्ता संस्कृतिविद् दयानिधि गौतमले गर्नु हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको शोभायात्रा चैत २३ गते हिान ७ः३० बजे श्रीराम मन्दिरबाट १०८ पूर्ण कलश सहित भजनकृतन बाजागाजाका साथ विरौटा चोकबाट नगर परिक्रमा गरी पुन श्रीराम मन्दिर परिसरमा पुगी उद्घाटन समारोहमा परिणत हुने महासचिव पुण्डरी प्रसाद बरालले जानकारी दिनुभयो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00