ब्युटी पार्लर व्यवसायीलाई प्रमाणपत्र
ब्युटी पार्लर एसोसिएसन पोखराले सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । एसोसिएसनले पोखरा, लेखनाथ, स्याङजा र वालिङका आजीवन तथा साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरेको हो । एसोसियसनमा आवद्ध २ सय ५० भन्दा बढी सदस्यले सो अवसरमा प्रमाणपत्र प्राप्त गरे ।
प्रमाणपत्र प्रदान गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले ब्युटीपार्लर व्यवसायीहरु संस्थामा आवद्ध भई संस्थाको नीति नियमलाई अवलम्बन गरी नमुना संस्था बनाउनुपर्नेमा जोड दिइन् । ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर पेसाले योगदान दिएको छ,’ उनले भनिन्, ‘पोखरामा ब्युटीपार्लर व्यवसायको भविष्य राम्रो छ ।’
ब्युटी पार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार एवं संस्थापक चिनु गुरुङले एसोसिएसनमा आवद्ध भई व्यवसायलाई मर्यादित मनाएर अगाडि बढाउनुपर्ने खाँचो औंल्याइन् । ‘पोखरा महानगरपालिकाले सञ्चालन गरेको महिलासँग उपमेयर कार्यक्रममा ब्युटीपार्लर व्यवसायलाई समेत समेट्नुपर्ने देख्छु,’ उनले भनिन् ।
ब्युटीपार्लर एसोसिएसनका कानुनी सल्लाहकार अधिवक्ता गीता आचार्यले पछिल्लो समय ब्युटीपार्लर व्यवसायीलाई अरुले हेर्ने दृष्टिकोण फेरिएको सुनाइन् । ‘अब व्यवसायीहरु एकजुट भएर आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्छ,’ उनले भनिन् । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले ब्युटीपार्लर व्यवसायको प्रवद्र्धन गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने बचन दिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09