
ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि यौन शोषणको आरोप
ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साओ पाउलो प्रहरीमा ती महिलाले नेयमारमाथि आरोप लगाउँदै रिपोर्ट गरेकी हुन् ।

नेयमारले एक होटेलमा आफूमाथि यौन शोषण गरेको आरोप ती महिलाले लगाएकी हुन् । तर यस विषयमा नेयमारले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनी अहिले कोपा अमेरिका कपका लागि ब्राजिलको राष्ट्रिय टिमबाट प्रशिक्षण गरिरहेका छन् ।
प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् । नेयमारको इन्स्टाग्राम अनुसार उनी पेरिसमा भेटिएकी थिइन् । उनलाई १५ मे मा नेयमारले भेट्दा ती महिला नशामा रहेको पनि जनाइएको छ ।
नेयमारका बुवा नेयमार डस सान्तोषले शनिबार ब्राजिलको ब्याण्ड टीभीलाई दिएको अन्तर्वार्तामा यो फसाउने खेल मात्रै भएको बताएका छन् ।
अनुशासनात्मक कारबाहीका कारण अहिले २७ वर्षीय नेयमारबाट ब्राजिल टिमको कप्तानी खोसिएको छ । साथै उनी घाइते भएका करण नियमित प्रशिक्षण गर्न पनि अप्ठेरो भएको छ ।
कोपा अमेरिका कप १५ जुनदेखि ७ जुलाईसम्म ब्राजिलमा हुँदैछ । ब्राजिल रहेको समूह ए मा बोलीविया, भेनजुएला र पेरु रहेका छन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26