ताजा खबर

ब्रुनाइमा समलिंगी सम्बन्धबारे पत्ता लागे ढुंगाले हानी मार्ने कानुन आजदेखि लागू

   २० चैत्र २०७५, बुधबार १३:२८      2,332 views

बु्रनाइमा सजाय स्वरुप भौतिक कारबाही गर्ने नयाँ कानुन लागू भएको छ । नयाँ कानुनले समलिंगी सम्बन्धमा रहेका व्यक्तिलाई ४ जना व्यक्तिले देखे वा व्यक्ति आफैँले स्वीकार गरे उनीहरुलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

यस्तै चोरी गरेको पुष्टि भए उसको हात वा खुट्टा शरीरबाट अलग गर्ने लगायत कठोर दण्ड दिने कानुन आजदेखि लागू भएको हो । मुश्लिम समुदायको जनसँख्या दुई तिहाई रहेको ब्रुनाइमा रक्सी बेच्न पहिलादेखि नै प्रतिबन्ध लगाइएको छ । 

यो कानुनको विश्वका अधिकारवादी संस्थाले विरोध गरेका छन् । त्यहाँको कानुनमा मृत्युदण्डको व्यवस्था भए पनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284