ताजा खबर

ब्लु स्काई मन्टेश्वरीको अभिभावक दिवस

   २५ चैत्र २०७५, सोमबार १९:३८      2,275 views

पोखरा महानगरपालिका जडा नम्वर १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिक्षा विना विकास विकास सम्भव नहुने बताएका छन् ।‘ शिक्षाको चेतना विना समाज र राष्ट्रको विकास हुदैन् ।’

पोखराको विरौटामा रहेको व्लु स्काई मन्टेश्वरीको सातौ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गदै उनले बालबालिकालाई बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

आजका बालबालिका भोलिका राष्ट्र निर्माता भएकाले उनीहरुलाई सकरात्मक प्रभाव पार्ने गरि बालमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले पछिल्लो समय शिक्षामा व्यापारिकण बढेको बताउदै व्यवस्थित गर्नुपर्ने खाँचो समेत औल्याउनुभयो ।

उहाँले वडाभित्र रहेका विद्यालयहरुलाई व्यवस्थित गर्न न्यूनतम मापदण्ड अनुसार सञ्चालनको दायरामा ल्याउने योजना रहेको बताए । मन्टेश्वरी एशोसियशनका उपाध्यक्ष मिलन के.सीले बालबालिकाको भावना र रुचि अनुसार सिकाउनुपर्ने बताउदै बालमैत्री वातावरण हुनुपर्नेमा जोड दिइन् ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष एवं अभिभावक एकराज गिरीले मन्टेश्वरीले बालबालिकाहरुलाई पारिवारीक वातावरणमा शैक्षिक र व्यवहारीक ज्ञान प्रदान गदै आएको बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284