ताजा खबर

भदौरे स्थित बहादुरे माध्यमिक विद्यालयका बालबालिकाहरुका लागि विद्यालय पोशाक सहयोग

   १६ जेष्ठ २०७६, बिहीबार १७:५३      2,595 views

गणतन्त्र दिवसको अवसर पारेर कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउराली स्थित श्री बहादुरे माध्यमिक विद्यालयका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री र विद्यालय पोशाक सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालको आयोजना तथा श्री बहादुरे माध्यमिक विद्यालयको सहकार्यमा विद्यालयमा अध्ययनरत अति विपन्न ४१ प्रायोजित बालबालिकाहरुका लागि शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ ।

कार्यक्रममा नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष योगराज पौडेलले नौलो घुम्ती नेपालको परिचय सँगै गर्दै आइरहेका क्रियाकलापहरुका बारेमा जानकारी दिदैँ यस शैक्षिक सामग्री सहयोगले बालबालिकाहरुको शैक्षिक गुणस्तरमा थप टेवापुग्ने र यस्ता सहयोगका कार्यक्रमहरु नियमित रुपले हुने वताए ।

गुड नेवर्स इन्टरनेशनल नेपालका कास्की जिल्ला संयोजक टुपेन्द्र खुलालले बालबालिकाहरुले आजको दिनमा मिहिनेत गरी भविष्यमा एक असल नागरिक बनी देशको सेवामा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नौलो घुम्ती नेपालका महासचिव बद्रीविनोद खनालले बालबालिकाहरुलाई पनि शिक्षाको महत्वका बारेमा जानकारी दिदै विद्यार्थी संख्या वृद्धिका लागि सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयहरु जस्तै गुणस्तरीय शिक्षा दिनमा जोड दिनुपर्ने बताए र यसका लागि संस्था सदैव तयार रहेको बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284