ताजा खबर

भदौ १९ गते स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवस विभिन्न कार्यसहित मनाउने

   १० भाद्र २०७६, मंगलवार १६:३९      2,416 views

वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्र निर्देशक एवम् तमू संसार पत्रिकाका संस्थापक प्रधान सम्पादक स्व.लोकबहादुर गुरुङको ५औं स्मृति दिवस यहि भदौ १९ गते विभिन्न कार्यक्रम सहित मनाउने भएको छ ।

जीवनको लामो समयसम्म शिक्षण पेशा अङगाल्नु भएका गुरुङले सेवा निवृत्त्त पश्चायत अभियान फिल्मस् प्रा.लि. मार्फत विशुद्ध तमू भाषाको चलचित्रहरु निर्माण गर्नुभएको थियो भने तमू संसार पत्रिका मार्फत तमू समुदायलाई पत्रकारितामा प्रेरित गर्ने काम गर्नुभएको थियो ।


वि.सं. २०५८ सालमा अभियान फिल्मस प्रा.लि.को व्यानरमा पहिलो गुरुङ चलचित्र ङयोए नास ट्हो उहाँकै निर्देशन र उहाँका सहकर्मी वेदबहादुर गुरुङको सहकार्यमा निर्माण भएको थियो । जुन चलचित्रले पोखरामा ५१औं दिन मनाउन सफल भएको थियो ।


त्यसपछि क्रमशः २०६० सालमा ‘हेर्बे ट”, २०६१ सालमा ‘चोँ”, २०६४ सालमा क्रमु, २०६६ सालमा ‘प््रहेंस्यो”, २०६९ सालमा धिं चलचित्र गरि ६ वटा गुरुङ चलचित्र निर्माण गर्नुभयो भने थुप्रै कालजायी गुरुङ गीतहरुको रचना गर्नुभयो ।


उहाँले रचना गर्नुभएको गुरुङ गीतहरु (मारा चाँदी आचैदी हिरामोती आचैदी, पोरेट थुमिनो ङलो क्रम माझर ख्यामीनो, रह्ेगो रह्ेगो आह्यादो ङलो म्हिथेवा, छयाँबरानी ङोल्स्यो नि ङला ताँ क्रि मु, देउरालीर प्रोनो ङलाई चौतारीर प्रोनो, खना बोलै बोदो ङलाई तारे, चौछयाँब बुटे क्रमु , मुरबै मुसार धोबै सरबै मदीस्यो धोबै, गंगारबै क्यु भन्दा चोखो मुलरबै क्यु भन्दा चोखो ङै माया, म्होडरी म्रोबा सैमोरी त्होला आयोबा, अह्यादो ठागु अह्यादो आच्यो हो बिरानो ह्युलरी, आधी माया क्योला आधी माया ङला बालो लले तारे जुनीभरीलाई, ङै नारी रोधीरबै रिमै थुमै दोहोरी प्रिरीबा आदि रहेका छन ।


अगामी भदौ १९ गते उहाँको ५औं स्मृति दिवसको सन्दर्भ पारेर उहाँका समकालीन चलचित्रकर्मी वरिष्ठ चलचित्र निर्देशक केशबहादुर गुरुङलाई “लोकबहादुर गुरुङ स्मृति चलचित्र पुरस्कार” बाट नगद ३५ हजार सहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिने भएको छ ।


नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा.जगमान गुरुङको प्रमुख अतिथ्यतामा हुने कार्यक्रम भदौ १९ गते दिउँसो ३ बजेबाट पोखरा रोयल दिदीबहिनी किचन उत्तमचोकमा आयोजना हुने प्रतिष्ठानका अध्ययक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभएको छ ।


यसवर्ष स्व.लोकबहादुर गुरुङले रचना गर्नुभएको थुप्रै गीत मध्ये करिब एक दर्जन गीतहरु तमू गीत संगीतका स्थापित कलाकारहरु धनबहादुर गुरुङ, मनोज गुरुङ, गोविन गुरुङ, राजबहादुर गुरुङ, कुशुम गुरुङ, शान्ति गुरुङ, प्रिय गुरुङ, बालकाशी गुरुङ, देवी गुरुङ लगायतका कलाकारहरुले लाईभ म्युजिकमा गाउने भएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284