
भदौ ७ मा गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को साधारणसभा हुने
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन भदौ ७ गते हुनेभएको छ ।

भदौ ७ मा हुने वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन संघीय सांसद पार्वत गुरुङले गर्ने कार्यक्रम तय भएको जीटीनले जनाएको छ ।
साधारणसभाले जीटीनको विधान संशोधन तथा अधिवेशनले जीटीनको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रकृयामा रहेको उपाध्यक्ष अम्बिर गुरुङले जानकारी दिनुभयो । विधान संशोधनका लागि संस्थापक अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा उपाध्यक्ष अम्बिर गुरुङ र सदस्य किसनराज गुरुङ रहनुभएको छ ।
साधारणसभा र अधिवेसनको अवसरमा पर्यटनमा गुरुङ शीर्षकमा ‘जीटीन स्मारिका २०७६’ समेत प्रकाशन गर्ने जीटीनका अध्यक्ष तथा प्रकाशन समितिका संयोजक कमला गुरुङले जानकारी दिनुभयो । गुरुङको संस्कृति, गुरुङ समुदायको पर्यटनसंगको सम्बन्ध, हाल पर्यटन क्षेत्रमा गुरुङ पर्यटन व्यवसायीको अवस्थालाई स्मारिकाले समेटेको अध्यक्ष कमलाले बताउनुभयो ।
‘अधिवेसनकै अवसरमा स्मारिका बिमोजन गर्ने कार्यक्रम छ ।’ उहाँले भन्नुभयो, ‘स्मारिका प्रकाशनका लागि अन्तिम चरणको काम सम्पन्न हुँदैछ ।’ जीटीन स्मारिकाले गुरुङ समुदायको पर्यटन ईतिहास र वर्तमान अवस्थालाई समेत समट्ने प्रयास गरिएको जीटीनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो । ’सोही अवसरमा जीटीनले पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्व तथा संचारकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ ।’ उहाँले भन्नुभयो ।
गुरुङ पर्यटन व्यवसायीहरुको छाता संस्था जीटीनले सामाजिक क्षेत्रमा भूकम्प पीडित, बाढीपीडितलाई राहत वितरण, पर्यटन क्षेत्रका गुरुङ तथा गैर गुरुङ मिर्गौला पीडितलाई आर्थिक सहयोग समेत गर्दै आएको संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।
साधारणसभा तथा अधिवेसनको अन्तिम तयारी स्वरुप संस्थाको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन तयारी अन्तिम चरणमा रहेको जीटीनका महासचिव ईश्वर कोने गुरुङ र कोषाध्यक्ष विन्दु गुरुङले जानकारी दिनुभयो ।
जीटीनले गुरुङ समुदायको बाहुल्यता रहेको नुवाकोटको सिक्रे गाउँ र सिन्पाल्चोकको हैबुङमा घरबास सम्बन्धी कार्यक्रम समेत गरिसकेको जनाएको छ । २०६८ सालमा स्थापना भएको जीटीन केन्द्रमा एक सय ८० र पश्चिमाञ्चल क्षेत्र जीटीन पोखरामा ८० जना सदस्य रहेको जीटीनले जनाएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26