भदौ ७ मा गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को साधारणसभा हुने
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन भदौ ७ गते हुनेभएको छ ।

भदौ ७ मा हुने वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन संघीय सांसद पार्वत गुरुङले गर्ने कार्यक्रम तय भएको जीटीनले जनाएको छ ।
साधारणसभाले जीटीनको विधान संशोधन तथा अधिवेशनले जीटीनको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रकृयामा रहेको उपाध्यक्ष अम्बिर गुरुङले जानकारी दिनुभयो । विधान संशोधनका लागि संस्थापक अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा उपाध्यक्ष अम्बिर गुरुङ र सदस्य किसनराज गुरुङ रहनुभएको छ ।
साधारणसभा र अधिवेसनको अवसरमा पर्यटनमा गुरुङ शीर्षकमा ‘जीटीन स्मारिका २०७६’ समेत प्रकाशन गर्ने जीटीनका अध्यक्ष तथा प्रकाशन समितिका संयोजक कमला गुरुङले जानकारी दिनुभयो । गुरुङको संस्कृति, गुरुङ समुदायको पर्यटनसंगको सम्बन्ध, हाल पर्यटन क्षेत्रमा गुरुङ पर्यटन व्यवसायीको अवस्थालाई स्मारिकाले समेटेको अध्यक्ष कमलाले बताउनुभयो ।
‘अधिवेसनकै अवसरमा स्मारिका बिमोजन गर्ने कार्यक्रम छ ।’ उहाँले भन्नुभयो, ‘स्मारिका प्रकाशनका लागि अन्तिम चरणको काम सम्पन्न हुँदैछ ।’ जीटीन स्मारिकाले गुरुङ समुदायको पर्यटन ईतिहास र वर्तमान अवस्थालाई समेत समट्ने प्रयास गरिएको जीटीनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो । ’सोही अवसरमा जीटीनले पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्व तथा संचारकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ ।’ उहाँले भन्नुभयो ।
गुरुङ पर्यटन व्यवसायीहरुको छाता संस्था जीटीनले सामाजिक क्षेत्रमा भूकम्प पीडित, बाढीपीडितलाई राहत वितरण, पर्यटन क्षेत्रका गुरुङ तथा गैर गुरुङ मिर्गौला पीडितलाई आर्थिक सहयोग समेत गर्दै आएको संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।
साधारणसभा तथा अधिवेसनको अन्तिम तयारी स्वरुप संस्थाको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन तयारी अन्तिम चरणमा रहेको जीटीनका महासचिव ईश्वर कोने गुरुङ र कोषाध्यक्ष विन्दु गुरुङले जानकारी दिनुभयो ।
जीटीनले गुरुङ समुदायको बाहुल्यता रहेको नुवाकोटको सिक्रे गाउँ र सिन्पाल्चोकको हैबुङमा घरबास सम्बन्धी कार्यक्रम समेत गरिसकेको जनाएको छ । २०६८ सालमा स्थापना भएको जीटीन केन्द्रमा एक सय ८० र पश्चिमाञ्चल क्षेत्र जीटीन पोखरामा ८० जना सदस्य रहेको जीटीनले जनाएको छ ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38