ताजा खबर

भरतपोखरीमा मिठो पानीको कम्पनी शुभारम्भ

   २० चैत्र २०७५, बुधबार १३:००      2,546 views

रोजगारीका खोजीमा देशका युवा दिनानुदिन विदेशिएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिबृद्धिको लक्ष्यका साथ युवा सकृयतामा पानी कम्पनी सञ्चालनमा आएको छ ।

पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भैरहेको भरतपोखरीको चैनपुर फेदीमा झण्डै डेढ करोडको रुपैयाँको लागतमा हिल साइड ड्रिङकिङ्ग वाटर प्रा.लि. सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अध्यक्ष खगेन्द्रराज अधिकारीका अनुसार दैनिक १२ जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने गरी सञ्चालनमा आएको उद्योगबाट दैनिक ५० हजार लिटर पानी बजारमा लगिने छ ।
उद्योगमा ६ जना सञ्चालक छन् ।


उद्योगको उत्पादन ‘मिठो पानी’को आज यहाँ आयोजित उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले भरतपोखरीमा विकासको क्रम तीव्र रुपमा बढीरहेका अवस्थामा औद्योगिकरणले पनि गति लिएको बताए ।

उद्योग सञ्चालनले व्यवसायिकताको विकास सँगै रोजगारी सिर्जना हुने बताउँदै उनले उद्योगको सफलताको कामना गरे । पोखरा ३३ मा विकासका योजना तीव्र रुपमा अघि बढेको उल्लेख गर्दै उनले जनअपेक्षा अनुरुप विकासका कामलाई प्राथमिकताका साथ बढाइएको बताए ।

सञ्चालक गोपिराज तिवारीले गत वर्ष चैत १८ गतेबाट उद्योग सञ्चालनका लागि प्रकृया थालिएको जानकारी दिदै एक वर्ष समयावधिमा उत्पादन बजारमा पु¥याउन सकिएको बताए । “बढ्दो बस्ती विकास र बजारीकरणसँगै शुद्ध पानीको माग दिनानुदिन बढीरहेका अवस्थालाई दृष्टिगत गरी उत्पादन सुरु गरेका छौं,” उनले भने ।

हालका लागि एक लिटरको बोत्तलका साथै १९.५ लिटरको जार बजारमा लगिने जानकारी दिदै उनले निकट भविष्यमा आधा लिटरको बोत्तलमा समेत निकाल्ने तयारी गरिएको बताए मिठो पानीलाई पोखरा सहित देशका प्रमुख शहर हुँदै अन्तराष्ट्रिय बजारमा समेत पु¥याउने दीर्घकालिन लक्ष्य राखिएको छ ।

अर्का सञ्चालक सुदनराज अधिकारीले उद्योग सञ्चालनसँगै केही युवालाई प्रत्यक्ष तथा धेरैलाई अप्रत्यक्ष रोजगारी दिन सकिने धारणा राखे । “स्वदेशमा नै रोजगारीका पर्याप्त सम्भावना छन्, नेपाली युवा रोजगारीकै लागि भौंतारिनु पर्ने अवस्था छैन,” उनले् थपे, “व्यवसायिकतासँगै बजार एवम् सर्वसाधारणको मन जित्ने गरी मिठो पानी बजारमा पु¥याउने छौं ।”


वैज्ञानिक सनत कुमार श्रेष्ठले कम्पनीबाट अन्तराष्ट्रिय मापदण्ड अनुरुपको गुणस्तरीय पानी उत्पादन हुने बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284