ताजा खबर

भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, १३ जनाको ज्यान गएको पुष्टि

   ३१ जेष्ठ २०७६, शुक्रबार ११:२४      2,309 views

 भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ जनाकै ज्यान गएको बताएको छ । 

सांकेतिक तस्बिर

अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त विमानको अवशेष फेला पारेपछि विमानमा सवार सबैको ज्यान गएको पुष्टि गरेको हो ।

भारतीय वायुसेनाका प्रवक्ताले भारतीय सञ्चार माध्यमसँग भने, ‘भारतीय वायु सेना ३ जून, २०१९ मा भएको एएन–३२ विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । भारतीय वायु सेना मृतकका परिवारको साथमा छ ।’

विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा विङ कमाण्डर जीएम चार्ल्स, स्क्वाडर्न लिडर एच विनोद, फ्लाइट लेफ्टिनेन्ट एलआर थापा, एमके गर्ग, आशिष तनवर, सुमित मोहन्ती, वारेन्ट अफिसर केके मिश्रा, सर्जेन्ट अनुप कुमार,  कोर्पोरल शेरिन, एलएसी एसके सिंह, एलएसी पंकज तथा गैरलडाकु राजेश कुमार तथा पुताली रहेका छन् ।

रुसमा बनेको एएन–३२ विमान गएको जून ३ मा असमको जोरहाटबाट चीनको सीमानजिकै रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । उडान भरेको आधा घण्टामै राडारसँग विमानको सम्पर्क टुटेको थियो । 

भारतीय वायु सेनाका अधिकारीका अनुसार बुधबार उद्धारकर्मीको १५ जनाको टोली दुर्घटनाग्रस्त क्षेत्रमा पठाइएको थियो । बिहीबार आठ जना उद्धारकर्मी दुर्घटनाग्रस्त क्षेत्रमा पुगेका थिए । 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284