ताजा खबर

भिमादमा आदिवासी जनजाति महासंघको पाँच दिने उद्घोषण तालिम सम्पन्न

   १४ असार २०७६, शनिबार १२:०७      1,152 views

नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्, भिमाद, तनहुँको आयोजनामा पाँच दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

भिमाद नगरपालिकाको आर्थिक सहयोगमा असार ८ गतेदेखि सुरु भएको सो तालिमको बिहीबार समापन गरिएको हो । तालिमको समापन गर्दै भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले भिमादका आदिवासी जनजाति समुदायका लागि विनियोजित बजेटको सदुपयोग भएकोमा खुशी व्यक्त गर्नुभयो ।


आर्थिक वर्ष २०७५÷०७६ मा भिमाद नगरपालिकाका आदिवासी जनजाति समुदायको क्षमता अभिवृद्धिका लागि विनियोजन गरिएको बजेट सही ठाउँमा खर्च भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत थापाले उद्घोषण तालिमले आदिवासी जनजाति समुदायको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण टेवा पु¥याउने भनाइ राख्नुभयो । तालिममा भिमाद नगरपालिका अन्तर्गतका ९ वटै वडाबाट उल्लेख्य र निरन्तर सहभागी हुनु निकै खुशीको कुरा भएको भन्दै थापाले आगामी आर्थिक वर्षका लागि समेत आदिवासी जनजाति समुदायका लागि बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।


तालिमका प्रमुख प्रशिक्षक, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, तनहुँका पूर्वअध्यक्ष एवं पर्यटनकर्मी हरिसिंह गुरुङले तालिममा सहभागीको उल्लेख्य उपस्थिति देखेर आफू उत्साहित भएको बताउँदै सहभागीहरूमा केही गर्ने चाहना देखेको उल्लेख गर्नुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै उहाँले मानिसमा इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सक्ने भनाइ राख्नुभयो ।


भिमाद नगरपालिकाकी नगर कार्यपालिका सदस्य दिना गोतामेले आफू जनप्रतिनिधि भएपनि तालिममा सहभागी बनेको बताउँदै तालिमबाट आफूले धेरै महत्वपूर्ण कुराहरू सिकेको बताउनुभयो । यस्ता तालिमले पछाडि पारिएका समुदायलाई क्षमतावान बनाउन सहयोग पुग्ने उल्लेख गर्दै गोतामेले आदिवासी जनजाति समुदायको क्षमता विकासमा तालिम सफल बनेको टिप्पणी गर्नुभयो ।


सो अवसरमा तालिमका प्रशिक्षार्थीहरू रिबहादुर राना, वसन्ती राना र अनिमा थापाले तालिमबाट आफूहरू मानिसका अगाडि उभिएर बोल्न सक्ने बनेको उल्लेख गर्दै आगामी दिनमा कुनै पनि सभा, समारोहमा निर्धक्कसँग बोल्न र कार्यक्रम सञ्चालन गर्न सक्ने आत्मविश्वास बढेको उल्लेख गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्, भिमादका अध्यक्ष उमाकान्त श्रेष्ठले तालिम पूर्ण रुपमा सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

तालिम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिका लागि आयोजित तालिम भएपनि गैर आदिवासी जनजाति प्रशिक्षार्थीलाई पनि तालिममा सहभागी गराइएको बताउनुभयो ।


प्रमुख प्रशिक्षक हरिसिंह गुरुङसहित अर्का प्रशिक्षक, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसले तालिममा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्, भिमादकी उपाध्यक्ष पवित्रा थापामगर र सचिव लालु थापामगरले पनि बोल्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284