
भूकम्पबाट क्षति पुगेका ३८० ओटा सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण सम्पन्न
२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० ओटाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ ओटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २८४ ओटा छन् ।
यी सम्पदाहरुको पुनःनिर्माणमा २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ ।
पुनःनिर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक, तलेजु मन्दिरलगायत रहेको जनाइएको छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ मा थप १५० ओटा सम्पदाको पुनःनिर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08