ताजा खबर

भूमे पर्वको अवसरमा मगर संसारले ५९ औँ अनलाइन प्रतियोगिताको आयोजना गर्दै

   १४ जेष्ठ २०८२, मंगलवार १७:४३      592 views

सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले यही २०८२ जेठ २४ गते देखि भूमे पर्वको अवसरमा मगर भेषभूषामा सजिएको अनलाइन ग्रुप फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । मगर संसारको नियमित प्रतियोगिता अन्तर्गत यो ५९ औँ अनलाइन प्रतियोगिता हो ।


‘भूमे\भूम्या पर्व’ को अवसरमा मगर भेषभूषामा सजिएको अनलाइन ग्रुप फोटो प्रतियोगिता २०८२ आयोजना गर्न लागेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो ।


सबै उमेर समूहले सहभागिता जनाउन सकिने उक्त प्रतियोगितामा सहभागिताका लागि मगर संसार ग्रुपमा आबद्द सदस्यहरुलाई आह्वान गरेको छ ।


हिजोआज आधुनिकताको नाममा विभिन्न समुदायका मौलिक पहिचानहरु लोप हुदैँ गइरहेको अवस्थामा यस खालको प्रतियोगिताले युवा पुस्तामा आफ्नो संस्कृतिप्रति थप जागरण ल्याउन मद्यत गर्ने भएकोले मौलिक भेषभुषा प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष लामिछाने मगरले बताउनुभयो ।


मगर संसारले सामाजिक संजाल फेसबुकको माध्यमबाट विश्वभरि छरिएर रहेका मगरहरुलाई एउटै संजालमा आवद्ध गरी मगरहरुको भाषा, संस्कार, संस्कृति संरक्षणको लागि विभिन्न सांस्कृतिक प्रतियोगिता तथा समुदायको बौद्धिक विकासको लागि सृजनात्मक, चेतनामूलक तालिम, प्रशिक्षण कार्यक्रम एवं प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।


यति मात्र नभई आर्थिक अवस्था कमजोर भएका विरामी र विभिन्न अप्ठ्यारोमा परेका गरिव तथा असहायहरुलाई आर्थिक सहयोग संकलन गरी थुपै्र मानवीय सेवाका कार्यहरु पनि गर्दै आएको छ ।


मगर समुदायको भाषा संस्कृति संरक्षण देखि मानवीय कल्याणकारी कार्यमा अग्रसर मगर संसारले नयाँ प्रतिभाको खोजी गर्दै छिट्टै नृत्य प्रतियोगितको पनि आयोजना गरिने अध्यक्ष अनिल मगरले बताउनुभयो ।


हालै गर्न लागिएको ग्रुप फोटो प्रतियोगिताका लागि पालना गर्नुपर्ने नियमहरु यहाँ उल्लेख गरिएको छ ।

१) मगर ड्रेसमा सजिएको सामुहिक (ग्रुप)फोटो हुनुपर्नेछ।

२) ग्रुप फोटोमा ३ जना वा ३ जना भन्दा बढी हुनु पर्नेछ । ग्रुप फोटोमा बहुमत मगर ड्रेस लगाएको हुनुपर्ने छ। अन्यथा मान्य हुने छैन।

३) पोस्ट गर्दा नाम, ठेगाना उल्लेख गरी #ग्रुप फोटो पोस्ट गर्नु पर्ने हुन्छ । तर ग्रुप फोटोमा हुने सम्पूर्ण साथीहरुको नाम उल्लेख गर्नु पर्ने अनिवार्य छैन ।

४) एक id बाट एक पोस्ट मात्र गर्नु पर्नेछ । पोस्ट गर्दा tag, मेंशन, शेयर,,कमेन्ट जतिपनि गर्न सक्नु हुन्छ । पेजबाट सहभागी हुन पाइने छैन ।

५) प्रतियोगिता सुरु अर्थात ग्रुप फोटो पोस्ट गर्ने समय/ मिति :- २०८२ जेठ २४ गते शनिवार बिहान ८ बजे देखी भोली पल्ट अर्थात २५ गते आइतबार बेलूकी ८ बजे सम्म पोस्ट गर्न सकिनेछ। टोकिएको समय भन्दा अघि पछि आएको फोटो प्रतियोगिताको लागि मान्य नहुने ।

६) भोटिंग समय :- २०८२ जेठ ३० गते शुक्रवार बेलुकी ६ बजे सम्म मात्र रहने छ ।

७) नतिजा Like को आधारमा हुने छ। Auto like गर्न पाइने छैन। जसको पोस्टमा धेरै Like आउछ उहा नै प्रथम,दोस्रो र तेस्रो बिजेता हुनेछ ।

८) नतीजा सार्बजनिक :- भोटिंग सकेको २ घण्टा पछी अर्थात जेठ ३० गते शुक्रवार बेलुकी ८ बजे live मार्फत हुनेछ ।

९) प्रतियोगिता मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र हुनेछ। प्रतियोगीले अनिवार्य मगर साथिलाइ अनिवार्य add गर्नु पर्ने छ ।

१०) सहभागी शुल्क नलाग्ने । प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुने।

#पुरस्कारहरु:-

प्रथम :- रु.५,०००/-

दोस्रो :- रु.३,०००/-

तेस्रो :- रु.२,०००/-

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284