
भू.पू. माननिय नन्दजंग गुरुङको बेलायतमा दुःखद निधन
भू.पू. राष्ट्रिय पञ्चायत सदस्य तथा समाजसेवी नन्दजङ गुरुङको बेलायतमा दुःखद निधन भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ पण्डित टोलमा जन्मिनु भएका नन्दजङ गुरुङ विगत केही समयदेखि बेलायतमा बसोबास गर्दै आउनु भएको थियो ।
उहाँ एक राजनीतिज्ञ मात्रै नभई तमू जातिको इतिहासविद्, पैडी एवम् एक कुशल बुद्धिजिवी पनि हुनुन्थ्यो । विगत केही समयदेखि क्यान्सर रोगबाट ग्रस्त हुनुभएका उहाँको गए राती बेलायतमा ८७ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको निधनले ताङतिङबासीले एक कुशल अभिभावक, सामाजिक अभियान्त तथा सबैको मार्ग दर्शक गुमाएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले बताउनु भयो ।

यस्तै मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले उहाँको निधनको खबरले पुरै ताङतिङबासी शोकमा डुबेको भन्दै आज ताङतिङमा उहाँको निधनप्रति दुःख व्यक्त गर्दै गाउँबासीले गाउँ बारेर शोक मनाएको बताउनुभयो ।
उहाँको निधनप्रति मादी गाउँपालिका तथा मादी २ को वडा कार्यालय, ताङतिङ मञ्च युके परिवार, ताङतिङ दुध पोखरी तमू समाज पोखरा, नेपाली जनसम्र्पक समिति बेलायत, लण्डनको बोरो अर्फ बनेर्टका उप मेयर लक्ष्यबहादुर गुरुङ लगायतले विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको छ ।

वि.सं. २०२१ सालमा तत्कालिन लमजुङ जिल्लाको प्रतिनिधित्व गरेर माननिय बन्नु भएका उहाँले ताङतिङ गाउँलाई देश विदेशमा चिनाउनुका साथै आफनो क्षेत्रमा विकास निर्माणको काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गिय गुरुङको ४ जना छोरीहरु एक जना छोरा र श्रीमती हुनहुन्छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26