ताजा खबर

भैरहवामा प्रहरी इनकाउन्टर : मारिए मोस्ट वान्डेट अपराधी साहानी

   २९ पुष २०७५, आईतवार १६:४३      2,878 views

भैरहवा : विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्।

शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो।

‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौँ’, रुपन्देहीका एसपी हृदय थापाले भने, ‘मोटरसाइकल आएका दुई व्यक्तिले एकाएक प्रहरी उपर फायरिङ्ग गरेपछि जवाफी कारवाहीमा साहानी मारिएका हुन्।’

मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार भएको उनको भनाइ छ। उनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद भएको उनले बताए।
मारिएका साहानी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भुमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए।

राजनितिक दलमा आवद्ध हुनु अघि उनी सीमानाका क्षेत्रको तस्करीमा सक्रिय थिए। कपिलवस्तु जिल्लामा पनि दायर रहेको एक फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उनी फरार भएर भारत पुगेका थिए। उनलाई नेपाल प्रहरीले वर्षौदेखि मोस्ट वान्डेड सूचीमा राखेर खोजी जारी राखेको थियो।

साहानी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौती लगायत मुद्दा रहेका छन्। उनले २०७१ साल भदौ २८ गते भैरहवाका आकाश गुरुङ्गलाई अपहरण गरेका थिए। अपहरण गरेर परिवारसगँ एक करोड रुपैयाँ फिरौती मागेपछि परिवारले दिन नसक्ने बताएपछि नवलपरासीको बर्दघाट जंगलमा असोज ११ गते गुरुङको शव फेला परेका थियो।

घटनामा संग्लन रहेका केही अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। त्यती बेला मारिएका साहानी र हालसम्म पक्राउ नपरेका रामजित हरिजन फरार रहेका थिए। –अन्नपूर्ण पोष्टबाट

साझा गर्नुहोस् : Share It :

आजको खबर

तनहुँको ऋषिङ झापुटारमा हुने दोस्रो राष्ट्रिय कौराहा सम्मेलनका लागि युकेबाट आठ लाख बढी रुपैयाँ आर्थिक संङ्कलन भएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284