ताजा खबर

भोलीबाट पत्रकार महासंघको साधारणसभा पोखरामा शुरु हुँदै, देशभरका १४ सय पत्रककार पोखरा आउने

   ८ फाल्गुन २०७५, बुधबार १३:४१      2,459 views

नेपाल पत्रकार महासंघको २५औं केन्द्रिय साधारण सभा विधान संशोधन अधिवेशन भोलीबाट पोखरामा शुरु हुँदैछ ।

साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मलेन मार्फत नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।


राष्ट्रिय समृद्धिका लागि सञ्चार, गुणात्मक, व्यवसायिक र सुरक्षित पत्रकार भन्ने नाराका साथ आयोजना हुने साधारण सभा तथा विधान संशोधन अधिवेशनको नेपाल सरकारका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।


भोलि फागुन ९ गते दिउँसो २.३० बजे पोखरा सृजनाचोकबाट झाँकी सहितको वृहत रयालीपछि पोखरा सभागृहमा दिउँसो ३ बजे साधारणसभाको उद्घाटन हुनेछ ।


यस्तै सोही समारोहमा दिउँसो ठिक ३.३० बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश अन्तरिक भ्रमण वर्ष २०१९ घोषणा गर्ने कार्यक्रम तय भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम पश्चायत हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको तर्फबाट नेपालका ७ वटै प्रदेशको विशेषता झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने त्यसपछि पत्रकारहरुको लोक दोहोरी प्रस्तुत हुने कार्यक्रम रहेको आयोजक नेपाल पत्रकार महासंघले जनाएको छ ।

यसैबीच साधारणसभामा देशभरका करिब १ हजार ४ सय पत्रकारहरु पोखरा आउने भएका छन् । महासंघको साधारणसभासँगै विधान संशोधन अधिवेशन समेत भएकोले यो साधारणसभा विशेष हुने महासंघले जनाएको छ ।

विगत १२ वर्षदेखि संशोधन हुन नसकेको महासंघको विधान यसपटक संशोधन भएमा अब पत्रकार महासंघका हरेक साधारण सदस्यले केन्द्रिय, प्रदेश र जिल्लाको पदाधिकारी चुन्न पाउने छन् । जसको लागि संघ, प्रदेश र जिल्लामा एकदिनमा तिनै तहको निर्वाचन हुनेछ ।


महासंघको साधारसभामा पोखरा आउने पत्रकारहरुलाई पोखराको विभिन्न १२ पर्यटकिय स्थलमा निशुल्क रुपमा अवलोकनको व्यवस्था गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284