ताजा खबर

मंसिर २९ गते पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटवल प्रतियोगिता हुने

   २७ मंसिर २०७५, बिहीबार ०६:५४      1,534 views


पोखरा २६, मंसिर
लायन्स क्लव अफ पोखरा लेकसिटिको स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटवल प्रतियोगिता हुने भएको छ । अपाङगता भएका व्यक्तिहरुले पनि समाजमा केहि गर्न सक्छन भनि उनीहरुको हौसला स्वरुप यही मंसिर २९ गते शनिबार पोखरामा उक्त प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष मदन केसीले बताए।
पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा काठमाण्डौंबाट २ टिम सहित ४ टिमको सहभागिता हुने भएको अध्यक्ष के.सी.ले जनाए । प्रतियोगितामा काठमाण्डौंको जाउलाखेल ह्विलचियर क्लव र नेपाल स्पाईन कड इन्जुरी, काठमाण्डौं, नेपालगन्जको ह्विलचियर बास्केटवल टिम र घरेलू टिम लेकसिटि ह्विलचियर बास्केटवल, पोखरा बिच खेल हुने भएको छ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगिताका विजेतालाई २० हजार उपविजेतालाइ १५ हजार तेश्रो हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने भएकाछन् । प्रतियागिता सम्पन्न गर्न बिद्या मस्र्यानीको संयोजकत्वमा उक्त प्रतियागिता हुन लागेको हो । क्लवले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको अध्यक्ष के.सी.ले जनाए । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने उनले जनाए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284