ताजा खबर

मगर चलचित्र ‘दिलसरा’ प्रदर्शनको तयारीमा

   ६ श्रावण २०८१, आईतवार २१:४२      793 views

मगर समुदायको संस्कृति, रीतिरिवाज, चालचलन लगायतसंग आधारित रहेर निर्माण भएको मगर चलचित्र ‘दिलसरा’ यही भाद्र ३ गते पोखरामा प्रर्दशन हुने भएको छ । चलचित्रको पहिलो शो पोखरामा गर्न लागिएको चलचित्र टिमले जानकारी दिएको हो ।
चलचित्रका कार्यकारी निर्माता प्रेम थापामगरले चलचित्र ‘दिलसरा’ मगर समुदायको संस्कृतिसंग आधारित रहेर निर्माण गरिएको भएपनि सबै समुदायले हेर्नुपर्ने चलचित्र बनेको बताएका छन् । चलचित्रमा मगर समुदायका संस्कार, संस्कारलाई समेट्दै संस्कृति भित्रको विकृति विसंगतिलाई चिर्ने प्रयास गरिएको उनको भनाई छ । ‘मगर चलचित्र भन्दैमा सीमित समुदायका दर्शकको लागि मात्र नभई सम्पूर्ण नेपालीको कथा बोकेकाले सबै समुदाय तथा दर्शकलाई हेर्न आग्रह गर्दछु ।’ उनी भन्छन् ।


चलचित्रका कथाकार जुना थापा मगरले कथालाई चलचित्रका रुपमा रुपान्तरण गर्ने आफूहरुको कोसिस सफल भयो या भएन भन्ने विषय प्रर्दशनपछि मात्रै थाहा हुने बताइन् । कुनै समुदायको चलचित्र बन्दैमा त्यो समुदायले मात्रै उक्त चलचित्र हेर्नुपर्छ भन्ने समाजमा गलत बुझाई भएको उनले गुनासो गरिन् । उनले भनिन्, ‘हामीले मगर संस्कृतिलाई आधार बनाएर चलचित्र निर्माण गरेपनि यसमा समेटिएको कथा भनेको सबै नेपालीको साझा जीवन भोगाइ हो । त्यसमा पनि आम नेपाली महिलाको कथा बेकोको चलचित्र हो दिलसरा ।” चलचित्र हेरेर प्रतिक्रिया दिन समेत उनले सबैलाई आग्रह गरेकी छिन् ।


चलचित्रका अर्का निर्माता हर्क आलेमगर भन्छन् “चलचित्र सबै हिसाबले उत्कष्ट छ भन्ने हाम्रो दावी होइन, कुनै न कुनै कुराको कमी–कमजोरी होलान्, चलचित्रलाई हेरेर प्रतिक्रिया दिनुस्, ताकी आगामी दिनमा हामी र चलचित्र टिमले त्यसलाई सुधार गरेर अगाडि बढ्ने प्रेरणा मिलोस् ।’


त्यस्तै चलचित्रकी स्क्रिप्ट राइटर तथा निर्माता मीना थापामगरले चलचित्रलाई उत्कृष्ट बनाउन आफूहरुको तर्फबाट सक्दो कोसिस गरेको बताइन् । यो चलचित्रले मगर समुदायको संस्कृतिसँग जोडिएका विकिृति विसंगतिलाई उजागर गर्ने उनको विश्वास छ । साथै नयाँ पुस्ताले भुल्दै गइरहेको संस्कार र संस्कृतिका विषयमा धेरै जानकारी पाउने समेत उनले बताएकी छिन् ।


प्रदर्शनको लागि टिकटको मुल्य रु. ३ सय र ५ सय रुपैयाँ निर्धारण गरिएको जानकारी गराउँदै पोखराका हरेक मगर संघ इकाई समितिबाट टिकट प्राप्त गर्न सकिने उनले बताइन् ।


प्रेम थापा मगर कार्यकारी निर्माता रहेको चलचित्र ‘दिलसरा’ मा अशोक आले मगरको निर्देशन तथा क्यामरामा ‘मेनेको फिल्म्स एण्ड मिडिया हाउस’ को प्रस्तुती रहेको छ । चलचित्रमा निर्माताका रुपमा हर्क आले मगर, जुना थापा मगर तथा मिना थापा मगर रहेका छन् । हर्क आले मगरको परिकल्पना रहेको चलचित्रमा कथा जुना थापा मगर र स्क्रिप्ट मिना थापा मगरको रहेको छ । नृत्य निर्देशकका रुपमा केशव आले मगर रहेका छन् भने सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर, भाइराज राना मगर, बसन्त राना मगर, विलास राना मगर तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।


चलचित्र पोखरा महानगरपालिकाको वडा नम्बर २१ मा रहेको निर्मल पोखरी स्थित चिलाउने खर्क र पोखरा आसपासमा छायांकन गरिएको छ । चलचित्रमा २ वटा गीत समावेस गरिएका छन् । जसमा रेनु रिलामी मगर, रामचन्द्र थापा मगर, मनोज थापा मगर, ललिता पुन मगर लगायतले स्वर दिएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284