ताजा खबर

मगर भाषा प्रतिष्ठान, कास्कीको अध्यक्षमा पुनः हितानमगर

   १२ माघ २०७५, शनिबार १९:२०      1,461 views

मगर भाषा प्रतिष्ठान, कास्कीको तेस्रो साधारणसभाबाट अध्यक्षमा पुनः रुद्रबहादुर हितानमगर चयन हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाबाट हितानमगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।


त्यसैगरी, उपाध्यक्षमा यामबहादुर थापामगर, सचिवमा रुद्रबहादुर श्रीसमगर र कोषाध्यक्षमा मीना थापामगर चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा कुमार थापामगर, कृष्ण मीगीन मगर र ईश्वरी थापामगर चयन हुनुभएको छ । प्रतिष्ठानकी पूर्व अध्यक्ष फूलकुमारी थापामगरको नेतृत्वमा नुनु रानामगर र टोलमाया थापामगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।


यसअघि, साधारणसभाको उद्घाटन गर्दै मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषालाई बोली, व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव जातिका लागि भाषा अति महत्वपूर्ण कुरा भएको भन्दै थापामगरले नेपालमा भाषिक समानता आवश्यक रहेको बताउनुभयो । मगर भाषालाई सरकारी कामकाज र पठनपाठनमा प्रयोग गर्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्तामा भाषाप्रति चासो जगाउनुपर्ने उल्लेख गर्नुभयो ।


मगर भाषा प्रतिष्ठान, कास्कीकी सल्लाहकार एवं नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले मगर भाषाको मौलिकता बचाउनुपर्नेमा जोड दिँदै विकास गर्ने नाममा जथाभावी भने गर्न नहुने बताउनुभयो ।

नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर भाषा बोल्न नजान्ने मगरहरूका लागि मगर भाषा प्रतिष्ठानले मगर भाषा कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालयकी प्रशासकीय अधिकृत टोलमाया थापामगरले मगर भाषाको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रुद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुद्रबहादुर श्रीसमगर र उपाध्यक्ष यामबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284