ताजा खबर

मनकामनामा सुन्तला खेती गर्दै आएका किसानलाई ‘परिचयपत्र’ वितरण

   २० पुष २०७५, शुक्रबार १५:२७      3,239 views

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो ।

किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षमा जिल्लाभरका एक हजार दुई सय अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै आएका किसानलाई परिचयपत्र वितरण गर्ने योजना छ ।

‘सुन्तला जोन क्षेत्रभित्रका सबै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेका छाैं’, उनले भने । परिचयपत्र लिन किसानले निवेदनसँगै दुईप्रति फोटो, नागरिकताको फोटोकपी र लालपुर्जाको फोटोकपी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । परिचयपत्र लिन चाहने किसानले कम्तीमा २० बोट सुन्तला, अमिलो, कागती वा अमिलोजातका फलफूल खेती गरेको हुनुपर्ने परियोजनाका सञ्चालक समितिका संयोजक धुव्रप्रसाद खनालले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284