ताजा खबर

मनाङ मस्र्याङ्दी पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा

   २४ माघ २०७५, बिहीबार ०७:५८      2,643 views

पोखरा । ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि संघर्षपूर्ण जित हासिल गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङले खेल टाइब्रेकरमा ५-४ ले जितेको हो । निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरी भएपछि थपिएको समयमा गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो ।

जितसंगै मनाङले शुक्रबार हुने सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्ससँग खेल्नेछ ।


पहिलो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपिएफ र जापानको रिस्सो विश्वविद्यालय खेल्दैछन् । प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । 


साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284