
मन्जु र सुरेनको “सोल्टीनी” सार्वजनिक
लोकदोहोरी गायिका मन्जु वि.क र गायक सुरेन घताङ्गको नयाँ कौरा गीत “सोल्टीनी” सार्वजनिक गरिएको छ । सोमबार पोखरामा एक कार्यक्रमका बिच गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उक्त गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेकी हुन् ।

ओम फाउण्डेशन नेपाल कास्कीले आयोजना गरेको कार्यक्रमको उद्दघाटन गर्दै उपसभामुख शर्माले लोक संस्कृतिको सम्बद्र्धन विकासका निम्ती प्रदेश सरकारको कानुनमै पारित गरिने बताईन । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी उनले सबै कलाकार प्रदेश सरकारका लागि बराबर भएको उल्लेख गर्दै कलाकारको रोयल्टीका लागि प्रदेश सरकार बाट पनि व्यवस्था गरिने जानकारी गराइन् ।

उनले भनिन् — ‘कलाकारहरुलाई मर्का नपर्ने गरि गण्डकी प्रदेश सरकार लागि पर्ने छ । कलाकार रहे यो प्रदेशको संस्कृति रहन्छ । संस्कृति धर्म जोगाउन प्रदेश सरकारले कलाकारलाई प्रोत्साहन गर्नै पर्छ ।’ अब कोही पनि कलाकार बेवारिसे हुनु नपर्ने उनको भनाई थियो ।
हाम्रा लोक भाकाको पहिचान हामी आफैले गर्नुपर्ने बताउदै उनले सर्जकलाई निरन्तर सिर्जनशिल बाटोतर्फ लाग्न अनुरोध गरिन । उनका अनुसार प्रदेश सरकारले संगीतको बगैचामा रहेर मालीको काम गर्न चाहन्छ । त्यसका लागि केहि मोडालिटी तयार भइसकेको उनले बताइन ।
गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले कौरा गीत नेपालको साँस्कृतिक परिचय भएको उल्लेख गर्दै लोपन्मुख ठाडो भाकालाई पनि संरक्षण गर्न तर्फ अब कलाकार लाग्नु पर्ने बताए । समय अनुसार परिवर्तन हुन जरुरी छ । तर यसको नाममा मौलिकपन लोप हुनुहुदैन । हाम्रो पहिचाननै यहि मौलिक पनमा लुकेको उनले बताए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26