
महानगरद्धारा ६२ औ सहकारी दिवसको अवसरमा अन्र्तरक्रिया
पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको पबद्र्धन र व्यवस्थापनका बारेमा महानगरले सहकारी ऐन निर्माण गरेको बताएकी छन् ।

६३ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार सहकारी सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले केन्द्र र प्रदेशसंग नबाझिने गरि महानगरले ऐन तथा नियमावली बनाएर सहकारीलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताउदै पोखरा महानगरले सहकारी सम्वन्धि बनाउने ऐन, नियमावली उत्कृष्ट हुनुपर्ने बताइन् ।
उनले देशकै ठूलो महानगर भएकाले पोखराले कस्तो ऐन बनाउर्छ भन्ने चासो रहेको बताउदै सवैले अनुशरण गर्नसक्ने गरि ऐन, नियमावली बनाउनुपर्ने बताइन । कास्की जिल्ला सहकारी संघका उपाध्यक्ष बलराम गौतमले सहकारीले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
कार्यक्रममा सहकारीकर्मी पुण्यप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, महानगर सहकारी व्यवस्थापन समितिका सदस्य ओमप्रसाद सुवेदी लगायतले सहकारीका बारेमा बोलेका थिए ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08