ताजा खबर

महिला शक्ति महासंघ, कास्की अध्यक्षमा लक्ष्मी खाती

   २६ पुष २०७५, बिहीबार ०६:५२      2,377 views


नयाँ शक्ति पार्टी नेपालनिकट महिला शक्ति महासंघ नेपाल, कास्कीको दोस्रो जिल्ला भेला बुधबार पोखरामा सम्पन्न भएको छ । भेलाबाट लक्ष्मी खातीको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरिएको छ ।


भेलामा बोल्दै महिला शक्ति महासंघ नेपाल, गण्डकी प्रदेश संयोजक मञ्जु थापामगर, नयाँ शक्ति पार्टी नेपाल, प्रदेश प्रशिक्षण विभागकी प्रशिक्षक शान्ता न्यौपाने, सांस्कृतिक संयोजक पार्वती जिसी, युवा शक्ति महासंघकी प्रदेश उपाध्यक्ष ज्ञानु आचार्यलगायतले महिला हिंसा, विभेदबाट मुक्ति पाउन महिलाहरू राजनैतिक रुपमा सचेत हुनुपर्नेमा जोड दिएका थिए ।


महिला शक्ति महासंघ नेपाल, कास्कीकी संयोजक लक्ष्मी खातीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–संयोजक सुमित्रा दुराले गर्नुभएको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284