
माओवादी केन्द्रका मादी गाउँपालिका उपाध्यक्ष रुद्र रानाभाट एमाले प्रवेश
कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ स्यागे निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिएका हुन् ।
उपाध्यक्ष रुद्रसँगै माओवादी मादी गाउँपालिका कमिटी सदस्य सोमबहादुर रानाभाट पनि एमाले प्रवेश गरेका छन् ।
माओवादीकै मादी वडा १० कमिटी अध्यक्ष रामराज पौडेलले पनि एमाले रोजेका छन् । त्यस्तै कांग्रेस मादी १० का इकाइ सहसचिव कृष्णबहादुर खत्री, कांग्रेसकै निमप्रसाद परियार, अमृत भुजेल, रोशन नेपाली र विशाल नेपाली पनि एमाले प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत पालिकाका एमाले नेताले स्वागत गरेका थिए ।

एमाले प्रवेश गरेपछि बोल्दै उपाध्यक्ष रानाभाटले कास्कीमा अब माओवादी केन्द्रको भविष्य नरहेको बताए । ‘देशमा भन्दिनँ, कास्की र मादी गाउँपालिकामा अब माओवादी केन्द्रको भविष्य छैन ।’ उनले थपे, ‘५ दलीय गठबन्धनको पनि भविष्य छैन, मलाई राम्रो ठाउँ रोजेको भनेर धेरै शुभकामना आइरहेको छ ।’
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26