
मार्च ३ तारिखमा म्ले क्यु चलचित्रको प्रिमियर सो हङकङमा हुने
स्टार्स स्टुडियोको व्यानरमा निर्माण भएको गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित गुरुङ चलचित्र म्ले क्यु अर्थात (बिर्साउने पानी)को प्रथम प्रिमियर सो हङकङमा हुने भएको छ ।

यहि मार्च ३ तारिखमा जोडन स्थित यम ताई कम्युनिटि हलमा चलचित्रको प्रिमियर सो हुने चलचित्रका निर्देशक जसु गुरुङले जानकारी दिनुभएको छ ।
चलचित्र प्रदर्शनको लागि निर्देशक जसु गुरुङ कलाकारहरु रिया गुरुङ, धनमाया गुरुङ लगायतको टोली भोलि हङकङ तर्फ प्रस्थान गर्ने भएको छ । जसु गुरुङको निर्देशनमा बनेको चलचित्रमा माओत्से गुरुङ, रिया गुरुङ, डिबी गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ, धनमाया गुरुङ, प्रतिमा गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रोशन गुरुङको कथा रहेको चलचित्र गुरुङ जातिको मृत संस्कारसँग सम्बन्धित रहेको बताइएको छ । हङकङमा हुने सो मा उपस्थित भईदिनहुन चलचित्रका निर्देशक जसु गुरुङले हङकङ निवासी सबैलाई आग्रह गर्नुभएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26