माछापुच्छ्रेमा मार्च टु लोकल लेबल तथा शिक्षक अभिमुखीकरण सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सांगठनिक सुदृढीकण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको विशेष अभियान अन्तर्गत प्रदेश र जिल्ला स्तरका अभिमुखीकरण तथा प्रशिक्षणपछि कास्कीका पाँच वटै स्थानीय पालिकाहरुमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति सदस्य उमनाथ गौतमले व्यानर पढेर उद्घघाटन गरेका थिए । उनले शिक्षक सबैभन्दा पहिले आफ्नो कार्यक्षेत्रमा अब्बल हुनुपर्ने बताउँदै कर्तव्य पूरा गरेपछि मात्र अधिकारको कुरा आउने बताए । संगठनले देशैभर सो कार्यक्रम गरिरहेको र शिक्षकहरुलाई एकजुट बनाउने अभियानमा लागेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना दिए ।
कार्यक्रमका मुख्य प्रशिक्षक नेराशिसं कास्कीका सहसचिव तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज जुना थापाले नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास, संगठनको आवश्यकता, शिक्षक आन्दोलनका उपलब्धि, संगठन विस्तार र सुदृढीकरणका चुनौती र रणनीति, राज्य र स्थानीय पालिकाले शिक्षकलाई हेर्ने नजर, अहिले पोखरामा सुरुवात गर्न थालिएको दरबन्दी मिलान र यसको औचित्य, शिक्षक महासंघको वैधानिकता र महासंघ गठन प्रक्रियामा नेपाल राष्ट्रिय शिक्षक संगठनको असहमति, कारण र धारणालगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
नेराशिसं माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद चापागाईँको अध्यक्षता र उपाध्यक्ष जित क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा नेराशिसं गण्डकी प्रदेश प्रतिनिधि तथा माछापुच्छे गापाका पूर्व अध्यक्ष मातृका आचार्य, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था पोखराका कोषाध्यक्ष पुरुषोत्तम लामिछाने र सहकारी सदस्य केशव ढकालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा यस वर्षको माछापुच्छ्रे गाउँपालिकाले गर्ने सांगठनिक कार्ययोजना निर्माण गरी विभागीय जिम्मेवारी स्वरुप सहकारी संयोजक उपाध्यक्ष जित क्षेत्रीलाई प्रदान गरेको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09