ताजा खबर

माछापुच्छ्रे टोल विकास संस्थाको क्यालेन्डर विमोचन

   ३० चैत्र २०७५, शनिबार २१:१५      2,551 views

पोखरा महानगर पालिका वडा नं ७ मा अवस्थित नमुना टोलको नामले परिचित माछापुच्छ्रे टोल विकास संस्थाले नव वर्ष २०७६को अवसरमा शुभकामना प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

टोलले हरेको महिनाको अन्तिम शनिवार आयोजना गर्ने टोल सरसफाइ कार्यक्रम पछि सो शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम गरेको थियो।


टोलले प्रकाशन गरेको क्यालेन्डर टोलका अध्यक्ष अमृत बराल, निवर्तमान अध्यक्ष कमला रानाभाट, सचिव हिमलाल श्रेष्ठ र सहसचिव चन्द्रकला रेग्मी र कार्यसमिति सदस्य बदम देवी रानाले विमोचन गर्नु भएको थियो।


कार्यक्रममा सम्पूर्ण टोलवासीले एक आपसमा नव वर्ष २०७६को शुभकामना दिदै टोललाई पोखराकै नमुना टोल बनाउने प्रतिबद्धता टोलबासीले गरेका थिए।


पूर्व सल्लाहकार एवम वाटो निर्माण मर्मत तथा समन्वय समितिका सदस्य आत्मराम पौडेलले टोललाई अझै समृद्धशाली बनाउन सबै जटनु पर्ने कुरा राखेका थिए भने अध्यक्ष बरालदृरा अझै टोललाई आफ्ने टिमले नेतृत्व लिदै रचनात्मक कार्य गर्ने प्रतिबद्धता गरेका थिए।


सो कार्यक्रम टोलका अध्यक्ष अमृत बरालको अध्यक्ष्तामा सम्पन्न भएको थियो भने संचालन टोलका कोषाध्यक्ष एवम सरसफाइ संयोजक संगिता खनालले गर्नु भएको थियो।


माछापुच्छ्रे टोल विकास संस्थाले हरेक महिनाको अन्तिम शनिबार टोल सरसफाइ कार्यक्रम, समयसमयमा अन्तरक्रिया एवम हरेक वर्ष सम्पूर्ण टोलबासीको नाम अनि फोन नम्बर अंकित क्यालेन्डर प्रकाशन गर्दै आईरहेको छ। क्यालेन्डर प्रकाशनको संयोजक टोलका सचिव हिम लाल श्रेष्ठ हुनुहुन्थ्यो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284