
‘मातृभाषी चलचित्रमा आदिवासीपन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिना थापा मगर
२९ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित ‘मातृभाषी चलचित्रमा आदिवासीपन’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

लोकोत्तर लोकवादी विचार अभियान, नाङसाल मिडिया प्रा.लि र स्टार्स स्टुडियो प्रा.लि. को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त विषयमाथि परिचर्चा गर्दै गुरुङ फिल्म एशोसिएशन (जिफान) का अध्यक्ष गुञ्ज गुरुङले तालिम र दक्षताको कमीका कारण आदिवासी चलचित्रहरु उत्कृस्ठ हुन नसकेको बताउनुभयो । साथै अहिलेको समयमा नयाँ युवाहरुमा आफ्नो भाषा संस्कृतिप्रति चासो कम हुनु र अवसर पाउँदा पनि सिक्न नचाहनुले यस क्षत्रमा अर्को चुनौति थपिएको बताउभुनुभयो ।
अर्का वक्ता मगर चलचित्रकर्मी मेजन पुन मगरले चलचित्रमा आदिवासीपन झल्काउनको लागि महत्वपूर्ण भूमिका निर्माणकर्ता र लेखकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कमजोर कथा तथा स्क्रिप्ट लेखन, व्यवसायिक कलाकारको अभाव, चलचित्रकर्मी र सम्बन्धित समुदाय विच सम्पर्क, समन्वयको कमी र विभेदकारी राज्यको नीतिका कारण उत्कृष्ठ आदिवासी चलचित्र निर्माण हुन नसकेको उहाँले बताउनुभयो ।
यसैगरी आदिवासी जनजाति चलचित्र महासंघ कास्कीका अध्यक्ष माओत्सेतुङ गुरुङले आदिवासी जनजातिहरु बिच एकआपसमा भाइचाराको सम्बन्ध कायम हुन नसकेका कारण त्यसको असर आदिवासी चलचित्रमा परेको बताउनुभयो । आदिवासी चलचित्रको विकास र प्रबद्र्धनको लागि अग्रणी संघसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको र जति अधिकारको कुरा गरेता पनि सम्बन्धित समुदाय नै सक्षम र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का वक्ता लेखक तथा समाजसेवी कुमार तामाङले नेपाल विविध जाति समुदायको संस्कार संस्कृतिले सुसज्जित राष्ट्र भएकोले एक जातिको संस्कार संस्कृति अर्को जातिले स्वीकार्नुपर्ने बताउनुभयो ।
चलचित्र पत्रकार संघ कास्कीका सचिव सन्तोष बस्यालले लामो इतिहास बोकोको आदिवासी चलचित्रहरुले आजको समयसम्म आइपुग्दा पनि च्यारिटीमा नै सिमिति हुनु दुर्भाग्य रहेको बताउनुभयो । चलचित्र निर्माणमा कलाकारको जति भूमिका रहेको हुन्छ त्यति नै प्राविधिक पक्षको पनि भएको हुनाले यी दुई पक्षलाई नै संरक्षण गरेर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमका टिप्पणीकार युनिस गुरुङ, कार्यक्रम संयोजक जसपाल तामाङ, गुरुङ चलचित्रकर्मी भोज गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सहजकर्ताको भूमिका स्टार्स स्टुडियोका सञ्चालक तथा गुरुङ चलचित्रकर्मी जसु गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य लोकोत्तर लोकवादी विचार अभियानका संस्थापक धनप्रसाद तामाङले राख्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26