ताजा खबर

मादीका महिलाहरुलाई पुरुष सरह अधिकार दिएर अघि बढाउँछु ः कल्पना गुरुङ

   १५ बैशाख २०७९, बिहीबार २०:४८      1,913 views

नेकपा एमालेको तर्फबाट मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार कल्पना गुरुङले मादीका महिलाहरुलाई पुरुष सरह अधिकार दिएर अघि बढ्ने बताउनु भएको छ ।

आफनो कार्यकालमा आफू हरेक महिलाको पिर, मर्का र सुख, दुःखमा सँगसँगै हिड्ने भन्दै उहाँले मादीमा भौगोलिक रुपमा, समाजिक रुपमा र आर्थिक रुपमा पछाडि परेका महिलाहरुलाई विषेश अधिकार दिएर अगाडी बढाउने बताउनु भयो ।


आज नेकपा एमाले मादी गाउँपालिका कमिटीले मादीको पोखरामा बसोबास गर्ने मतदाताहरुसँग उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा आफनो प्रतिबद्धता मन्तव्य राख्दै उहाँले यसअघि पनि आफू जनप्रतिनिधि हुँदा जनताको घर दैलोमा पुगेर जनताको सेवा गर्दै आएको बताउनुभयो ।


गुरुङ चलचित्रकी नायिका समेत रहनु भएका कल्पनाले २०५५ सालमा निर्माण भएको प्ह्रोछें चलचित्रबाट आफनो अभिनयको यात्रा शुरु गर्नुभएको थियो । त्यसयता उहाँले ङयोए नास ट्हो, चोँ, धीं लगायतको गुरुङ चलचित्रमा जीवन्त अभिनय गरेर दर्शकको मन मुटुमा बस्न सफल भई सक्नुभएको छ ।

कास्कीको मादी २ ताङतिङमा जन्मिनु भएकी कल्पना यस अघिको स्थानिय चुनावमा मादी २ को वडा सदस्यको रुपमा निर्वाचित हुनुभएको थियो भने हाल उहाँ मादी गाउँपालिका कार्यपालिका सदस्य समेत हुनुहुन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284