
मादी गाउँपालिकाको प्रत्येक वडामा माछापुच्छ्रेको ब्रान्च लेस बैक
मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा
कास्कीको मादी गाउँपालिकाको प्रत्येक वडामा माछापुच्छ्रे बैकले आफ्नो प्रतिनिधी नियुक्त गरि जनतालाई घरघरमै बैङकिङ सेवा प्रदान गर्ने भएको छ ।

स्थानिय तह गठनसँगै गत बर्ष नै मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा माछापुच्छ्े बैक लिमिटेडले मादी शाखा स्थापना गरेको थियो भने अब मादी १ सिक्लेसमा चाडै अर्को शाखा खोल्ने तयारी भई रहेको माछापुच्छ्रे बैकको गण्डकी प्रदेशका प्रमुख जय सापकोटाले जानकारी दिनुभएको छ ।
अन्य वडाहरुमा प्रत्यके टोलमा बैङकिङ पहुच पुर्याउन बैक एजेन्ट नियुक्त गरि धमाधम ब्रान्चलेस बैङक (द्यीद्य ) खोल्ने योजना अनुसार कार्य अगाडी बढेको छ । मादी २ ताङतिङबाट सुरु गरिएको उक्त कार्य हिजो मादी ६ तप्राङ र मादी ७ नयाँगाउँमा सम्पन्न भएको छ भने आज मादी ५ हुँदै सम्पुर्ण मादीका वडाहरुमा बिस्तार हुने बैङकका मादी शाखा प्रमुख सुर्य त्रिपाठीले बताउनुभयो ।

हिजो मादी ७ नयाँगाउँमा एक समारोहका बीच मादी ७ को बैङ्क प्रतिनिधी कर्म गुरुङको अध्यक्षतामा सम्पन्न माछापु्छ्रे बैङ्क ग्रहक सेवा केन्द्रको समुद्घघाटन मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले पानसमा दिप प्रज्वलन तथा बैङ्क प्रतिनिधिलाई डिभाईस हस्तरण गरि गर्नुभएको थियो ।
सो समारोहमा उहाले अब भत्ता लिन, खाता खोल्न हुने झन्झटको अन्त हुने र सबै वडाबासीको एक व्यक्ति एक खाता सञ्चालन हुने र यसमा सेवा केन्द्रले सहज बनाउने बताउनुभयो ।
त्यस्तै गरी माछापुच्छ्रे बैकका गण्डकी प्रदेश प्रमुख जय सापकोटाले आफुहरु जनताको घर आगनमै बैङ्किङ सेवा दिने लक्ष्य अनुसार यो योजना अगाडी ल्याएकोले सबैले साथ दिन अनुरोध गर्नुभयो ।

माछापुछ्रे शाखा रहित बैङ्क का प्रमुख बिकास श्रेष्ठले तराङदेखि हिमालका सबै गाउँ टोलसम्म जनतलाई सहज रुपमा बैङ्किङ सुबिधा दिन शाखा बिस्तार हुन नसकेको ठाउँमा शाखा रहित बैङ्किङ सुविधा सञ्चालनमा ल्याएको र सेवाग्राहिको माग र चाप अनुसार आवश्यक भएमा शाखा पनि सञ्चालनमा ल्याउन सक्ने बताउनुभयो । साथै उहाँले हाल नेपालमा माछापुच्छ्रे बैङ्कको ६८ वडा शाखा रहित बैङकिङ सेवा सञ्चालनमा रहेको र यसले ९ सय ५ बैङकिङ सुविधा दिन सक्ने बताउनुभयो ।
शाखा रहित बैङ्किङ सेवामा खाता खोल्न, रकम जम्मा गर्न, रकम निकाल्न, आई एम ई, सबै रिमिट्यान्स सेबा, सामाजिक सुरक्षा भत्ता बितरण गर्न मिल्नुका साथै एटिएम कार्ड समेत बितरण हुने मादी शाखा प्रमुख सुर्य तिवारीले बताए । बैङ्क प्रतिनिधि कर्म गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालन मादी शाखा प्रमुख सुर्य त्रिपाठी र माछापुच्छ्रे बैङकमा बगर शाखा प्रमुख मनोज घिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो । आमा समुहले फुलमालाले स्वागत गर्दै घर आगनमा बैङ्किङ सुबिधा आएपछि स्थानियबासीमा खुशियाली मनाएका छन् ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52