मादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
मादी गाउँपालिका कास्कीको आयोजनामा आजदेखि गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ ।
मादी गाउँपालिकाको कार्यालय याङजाकोटमा शुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको आजएक समारोहका बीच गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले बेला बखत आयोजना भईरहने खेलकुद प्रतियोगिताले मानिसको स्वास्थ्य मात्र राम्रो नभई सकरात्मक सोंचको समेत विकास हुने बताउनुभयो । साथै खेलकुदले मान्छेलाई अनुसाशित हुन सिकाउने र आफू मात्रै नभई आफनो देशलाई समेत अन्तराष्ट्रिय जगतमा चिनाउन ठूलो मद्दत गर्ने भन्दै खेलकुद क्षेत्रमा युवाहरुको राम्रो भविष्य रहेको बताउनु भयो ।
देश संघिय संरचनामा गएपछि पहिलो पटक गाउँपालिका स्तरमा भएको यो प्रतियोगिताले गाउँपालिकालाई एक सुत्रमा बाँध्ने काम गरेको उहाँको भनाई छ ।
अर्को फरक प्रशंगमा बोल्दै उहाँले अब छिटै नै कम्तीमा पनि मादी गाउँपालिका भित्रको मुख्य तीन वटा सडकहरु पोखरादेखी राखी मिजुरे, याङजाकोट र सिक्लेस जोडने बाटो पक्की बन्ने बताउनु भयो । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका प्रत्येक घरमा धारा र विजुली पुरयाउने लक्ष्य राखेको भन्दै अब गण्डकी प्रदेशको कुनै पनि नागरिक अत्यावश्यक सेवा सुविधाबाट बञ्चित हुन नपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मादी गाउँपालिका कार्यकारी अधिकृत युवराज अधिकारीले गाउँपालिकाले पहिलो पटक खेलकुद प्रतियोगिताको आयोजना गरेको भन्दै आउने वर्षहरुबाट यस प्रतियोगितालाई अझै व्यवस्थित र धेरै भन्दा धेरै खेलहरु समावेश गरिने बताउनु भयो ।
कार्यक्रममा सम्पूर्ण विद्यालयको प्रधानाध्याकहरुको तर्फबाट ध्रुव मा.वि.का प्र.अ. शुक्रराज सापकोटा, सम्पूर्ण वडा अध्यक्षहरुको तर्फबाट मादी ४ का वडा अध्यक्ष सत्यराज सापकोटा, नेकपाका प्रतिनिधि जेमप्रसाद गुरुङ, नेपाली काँग्रेसका मादी गाउँपालिका संयोजक देवीजंग गुरुङ लगायतले खेलकुदको महत्वका बारेमा आफनो भनाई राख्नु भएको थियो ।
उद्घाटन अघि १० वटै विद्यालयका खेलाडीहरुले मार्चपास समेत गरेका थिए । मादी गाउँपालिकाको आयोजना र मिलन युवा क्लब याङजाकोटको समन्वयमा भएको प्रतियोगिता भोलिसम्म चल्ने छ ।
मादी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा विभाग प्रमुख हिमलाल शर्माले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09