ताजा खबर

मादी २ मा व्यवस्थित क्वारेन्टीन बनाउन ताङतिङ मितेरी संघ बेलायतको आर्थिक सहयोग

   १२ असार २०७७, शुक्रबार २१:१५      1,788 views

कास्कीको मादी गाउँपालिका वडा नं २ को विभिन्न स्थानमा व्यवस्थित क्वारेन्टीन बनाउन ताङतिङ मितेरी संघ बेलायतले आर्थिक सहयोग गरेको छ ।

मादी –२ को ताङतिङ, सेतीखोला र घ्याम्रङमा कोरोना भाइरस कोभिड–१९ बाट गाउँलेहरुलाई सुरक्षित राख्नका लागी विदेश र अन्यत्र ठाउँबाट आएका व्यक्तिहरुलाई राख्न क्वारेन्टीन बनाउन ताङतिङ समाज युकेका अध्यक्ष, बोनट्रोक बेलायतका उपमेयर तथा ताङतिङ मितेरी संगठनका ट्रस्टीज लक्ष्यबहादुर गुरुङको पहलमा १ लाख ९१ हजार ३ सय ५२ प्राप्त भएको छ ।


सो सहयोग आज ग्रामिण जनताको लागी उज्यालो बहुउद्देश्य सिकाई केन्द्र र मादी गाउँपालिका वडा नं. २ को समन्वयमा प्रदान गरिएको हिमालय मिलन मा.वि. ताङतिङका प्रधानाध्यापक प्रकाश गुरुङले जानकारी दिनुभयो ।


सहयोग रकमबाट ताङतिङ, सेतीखोला र घ्याम्रङ गाउँमा २० बेडको लागि चाहिने डल्लब, मेट्रियस, सिरानी, बेडसिट, खाना पकाउन भान्साको लागि आवश्यक ग्याँस, राइसकुकर, प्रेसरकुकर, थर्मस लगाएत अन्य सामग्रीहरु साथै आवश्यक सामानहरु सर्जिकल मास्क, स्यानीटाइजर, स्प्रे मेसिन, टेमप्रेचर गन लगाएतका अन्य सामाग्रीहरु उपलब्ध गराइएको छ ।

उक्त सामाग्रीहरु आज मादी–२, ताङतिङको माखुमा रहेको क्वारेन्टिनमा गाउँलेहरुलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा मादी गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष एकजंग गुरुङले सहयोगी संस्था ताङतिङ मितिरी संगठन बेलायतले विगत देखि नै ताङतिङलाई सहयोग गर्दै आएको र हाल कोरोनाको महामारी जस्तो अप्ठयारो परिस्थितीमा पनि क्वारेन्टीनका लागि आवश्यक सामाग्री उपलब्ध गराई ठुलो सहयोग गरेको भन्दै मादी गाउँपालिका र सम्पुर्ण गाउँलेहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।


साथै उहाँले कार्यक्रममा उपस्थित युवा क्लव, आमा समुहका पदाधिकारी सहित सबै गाउँबासीप्रति आभार व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै हिमालय मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश गुरुङले ताङतिङ मितिरी संगठन बेलायतले विगत लामो समयदेखि ताङतिङको लघु विद्मुत मर्मत, बालविकास, स्वास्थ्य, शिक्षा, पर्यटन विकासमा धेरै सहयोग गर्दै आएको र गत बर्ष हिमालय मिलन माध्यमिक विद्यालयमा ई–लाइब्रेरी स्थापनामा सहयोग गरेको कुरा स्मरण गर्दै दाताबाट उपलब्ध सम्पुर्ण सामाग्रीहरुको खर्च विवरण समेत सार्वजनिक गर्नुभयो ।


हाल मादी २ सेतीखोलामा रहेको क्वारेन्टीनमा ३ जना अन्यत्रबाट आएका व्यक्तिहरु बसीरहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284