
मादी २ सेतीखोलामा महिलाहरुलाई आत्मानिर्भर बन्ने तालिम सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं २ सेती खोलामा महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएको सीप मुलक तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीको सहयोग तथा सीप हस्तान्तरण सशक्तिकरण (नेष्ट)को सहजीकरणमा सञ्चालनमा आएको सो तालिम विगत ३ वर्षदेखि उक्त ठाउँमा सञ्चालनमा रहेको थियो ।
तालिमको समापन समारोहमा प्रमुख अतिथिको भूमिकाबाट मन्तव्य राख्दै मादी २ का वडा सदस्य दिलबहादुर गुरुङले पिछाडिएको क्षेत्रका महिलाहरुलाई लक्षित गरि तालिम मार्फत सीप सिकाएर आत्मानिर्भर बन्न सिकाएको र उनीहरुको आर्थिक अवस्था माथि उठाउनमा सहयोग गरेको भन्दै घरेलु कार्यालय कास्की र नेष्टप्रति आभार व्यक्त गर्नुभयो ।

तालिमकै दौरानमै सेती खोलाका महिलाहरुले कुर्था सिलाउने ऊनीको टोपी बुन्ने र ढाकाको विभिन्न सामग्री बुनेर बिक्रि गरि आम्दानी समेत गर्न सफल भएको भन्दै अब तालिम सकिएपछि त्यतिकै बस्नु भन्दा यसलाई व्यवसायकै रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
सेती खोलाका १४ जना महिलाहरुको सहभागिता रहेको तालिममा महिलाहरुलाई ढाकाको पछ्यौरी बुन्ने, ऊनीको टोपी बुन्ने र कुर्था सुरुवाल सिलाउनेदेखि सिलाई कटाई सम्बन्धी विभिन्न तालिमहरु दिइएको थियो ।
कार्यक्रम संयोजक चन्द्रकली थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेष्ट कम्पनीका सहजकर्ता दानमाया थापा र जानकीले सहजीकरण गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26