ताजा खबर

मादी ६ का विशाल पौडेललाई विभिन्न व्यक्तिबाट संकलित २ लाख ५ हजार सहयोग हस्तान्तरण

   १२ आश्विन २०७७, सोमबार १६:३६      1,289 views

कास्कीको मादी गाउँपालिका वडा नं. ६ निवासी विशाल पौडेललाई पोखरामा विभिन्न व्यक्तिहरुले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

गत साउन २८ गते राती आफनै घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट सख्त घाइते हुनुभएका पौडेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ४० दिनसम्म उपचार गरेपछि अहिले थप उपचारको लागि काठमाडौ लगिएको परिवारले जनाएको छ ।

यसैबीच बिरामी पौडेलको परिवारको आर्थिक अवस्था कमजोर भएपछि थप उपचारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न व्यक्तिहरुले आ आफनो ढंगाले आर्थिक संकलन कार्य शुरु गरेको छ ।

यसबीचमा मादी ७ हाल पोखरा १३ निवासी युवा समाजसेवी दुर्गाबहादुर गुरुङको पहलमा संकलन भएको ९१ हजार १ सय ८५ पचासी रुपैंयाँ पौडेलको परिवारलाई पोखरामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।

सोही कार्यक्रममा लामाचोैर पोखरा १९ निवासी श्रीराम गौतामको पहलमा संकलन गरिएको १ लाख १४ हजार रुपैंया पनि हस्तान्तरण गरिएको छ ।

‘विशाल पौडेल बचाउ अभियान’ का संयोजक योगबहादुर क्षेत्री (रवि) को अध्यक्षतामा भएको कार्यक्रममा मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको प्रमुख अतिथ्यिता तथा जनकल्यण तमू समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङको विशेष अतिथ्यितामा कार्यक्रम भएको थियो । समाजसेवी शिवप्रसाद बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालबहादुर गुरुङले विपतमा परेको बेला एकले अर्कालाई सहयोग गर्नु नै मानवीय धर्म भएको बताउनुभयो ।

सहयोग रकम ग्रहण गर्दै पिडितका दाजु विजय पोैडेलले सहयोग दाता र रकम संकलन गरिदिने सबैप्रति आभार व्यक्त गर्नुभयो ।


अभियान्त दुर्गाबहादुर गुरुङले सहयोग गर्न पाउदा आफुलाइ खुसी र सन्तुष्टि मिलेको भन्दै विशाल पौडेलको शीघ्र स्वास्थ्थ लाभको कामना गर्दै गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284