ताजा खबर

मादी ६ को सिमानामा स्थानियद्धारा वडामा प्रवेश निषेध स्वरुप लकडाउन

   ३० चैत्र २०७६, आईतवार १९:०१      1,357 views

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणले गाउँ गाउँ टोल टोलमा यतिबेला स्थानियले स्वःस्र्फुत रुपमा आफनो क्षेत्रमा प्रवेश निषेध गरेका छन ।

कास्कीको मादी गाउँपालिकाको विभिन्न वडा र टोलहरु यसअघि नै लकडाउन भएता पनि वडा ६ प्रवेश गर्ने सिमानामा आज मादी ६ का वडा अध्यक्ष पसबहादुर बास्तोलाको नेतृत्वमा लकडाउन गरिएको छ ।


काहुँखोला सिक्लेस सडक खण्डमा पर्ने वडा न. ६ र ७ को सिमाना सयपत्री टोलको कसिनीमा भने ठाँउमा आज युवाहरुले पर्खाल बनाई तगरो हालेर बाटो बन्द गरेको स्थानिय युवा तथा विद्यार्थी नेता योगबहादुर क्षेत्री (रबि)ले जानकारी दिनुभयो ।


लकडाउन गरिएको बाटोमा एम्बुलेन्स, औषधी बोकेका सवारी साधन तथा अति आवश्यक पर्ने खाद्यानको सामाग्री बोकेको गाडीलाई मात्र प्रवेश गर्न दिइने वडा अध्यक्ष पसबहादुर बास्तोलाले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284