ताजा खबर

मादी ७ पानीघाटमा फागु पूर्णे मेला सम्पन्न

   ८ चैत्र २०७५, शुक्रबार १०:५६      2,831 views

मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा

संघर्षशील युवा क्लव मादी गाउपालिका ७ पानिघाटले आयोजना गरेको फागु पूर्णे मेला सम्पन्न भएको छ । मेलामा भलिबल तर्फ सिल्दु जनसेबा युवा क्लब थाक प्रथम हुँदै मेडल प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गरेका छन ।

त्यसै गरि शुभकामना युवा क्लब छाचोक दितिय हुँदै मेडल प्रमाण पत्र र नगद प्राप्त गरेका छन । मेलामा सञ्चालन गरिएको छेलो प्रतियोगितामा मादी ७ नयाँगाउँका पौबहादुर बिक प्रथम र मादी ७ कै मीनबहादुर बि क द्धितिय भएका छन ।

मेलाको प्रमुख अतिथि पुर्ब ईन्डियन पुलिसका राष्ट्रिय भलिबल खेलाडी लिलबहादुर गुरुङले रिबन काटेर उदघाटन गर्नुभएको थियो । सो अबसरमा बोल्दै उहाँले खेलले व्यक्ति गाउँ र राष्ट्रको पहिचान र गौरब बढाउने धाराणा राख्दै खेलमा अनुशासन महत्वपुर्ण पाटो भएको बतायनुभयो ।


युवाहरुले अनुशासनलाई ध्यान दिनुपर्ने उहाँको भनाई छ । कार्यक्रमका विशेष अतिथि मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले खेलकुद र मेलाहरुले पनि बिकासको गति बढाउने र युवाहरु सचेत र शिक्षित भएमा सुखी नेपाली र समृद नेपालको लक्ष्य पूरा हुने बताउनु भयो ।


कार्यक्रममा युवा समाजसेबी वडा उपेक्षीत बर्ग समन्बय संयोजक बेलबहादुर बि क, समाजसेवी सु.वीरबहादुर गुरुङ, सब ईन्सपेक्टर ईन्द्रबहादुर गुरुङ, भुपती अचार्य, तिलक थिङ तमाङ, चन्द्रप्रसाद तमाङ, आमा समूह, टोल संयोजकहरु लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

सो अबसरमा खेलकुद क्षेत्रबाट गाउँ को गौरब बढाएको भन्दै लिलबहादुर गुरुङलाई सम्मान गरिएको थियो । संघर्ष्शिल युबा क्लबका अध्यक्ष चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कर्म गुरुङ र मीनप्रसाद गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284