ताजा खबर

मादी ७ मा गर्भवती महिला र बालबालिकाको पोषण सुधारबारे अभीमुखीकरण

   १५ बैशाख २०७६, आईतवार ०९:०६      2,427 views

कास्कीको मादी गाउँपालिका वडा नं ७ छाचोकमा गर्भवती महिला र दुईवर्ष मुनिका बालबालिकाको पोषण सुधारको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय गण्डकी प्रदेशको आयोजना र स्वास्थ्य शाखा मादी गाउँपालिकाको समन्वय एवम सामुदायिक स्वास्थ्य ईकाई छाचोकको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गभवती र बालबालिकाले के कस्तो पोषण खाने, गर्भ अवस्थाका खतराहरु, समस्य समाधान, पुर्व तयारी, सुआहरा, नवजात शिशुहरुको स्याहार सुसार, खतराहरु, जाउलो बनाउने तरिका, सर्वोतम पिठो बनाउने तरिका, बाल मृत्युदर, स्तनपानसँगै भिटामिन, आयोडिन, आईरन लगायतको तत्वबारे प्रशिक्षकहरुबाट सहभागीहरुलाई अभिमुखीकरण गरेका थिए ।


स्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रशासक प्रमुख तथा प्रशिक्षक राजेन्द्र कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मादी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले भौतिक पुर्वधारसँगै सामाजिक पक्षको सुधार हुनसके मात्र देशले विकासको मुहार फेर्ने बताउँदै स्वस्थ्य आमा र बच्चाले स्वस्थ्य समाजको निर्माण हुनेहँुदा गर्भवती अवस्थाबाटै सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ कार्यालय गण्डकीका जनस्वास्थ्य प्रशासक प्रमुख राजेन्द्रघिमिरेले मानिसको दैनिक वृद्धि विकास, रोगबाट बच्ने उपाय, उमेर अनुसार आबश्यक मात्रामा चाहिने पोषक तत्व लगायतको बारेमा आफनो भनाई राख्नुभएको थियो ।


साथै उहाँले नेपालमा एक सय जना बालबालिका मध्ये प्रत्येक २८ जना बालबालिका पोषणको ज्ञान नहुँदा कुपोषणको शिकार हुनुपरेको बताउनु भयो । स्वास्थ्य कार्यालय गण्डकीका अधिकृत नानीबाबु ढकालले बालबालिकाको दुई बर्ष भित्र ८० प्रतिशत दिमागको विकस हुनेहुँदा पोषणको महत्व रहेको बताउनु भयो ।


कार्यक्रममा स्वास्थ्य कार्यालय गण्डकीका अधिकृत गोपालचन्द्र बराल, स्वास्थ्य महासंघ परिवार नियोजन प्रमुख सन्तोष पौडेल, स्वास्थ्य कार्लालय गण्डकीका अधिकृत लालप्रसाद शर्मा, मादी गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारी, सामुदायिक स्वास्थ्य ईकाई छाचोकका अहेबा सृजना ढुङ्गाना लगायतले सहभागीलाई प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा प्रोडक्टर मार्फत पोषण र स्वास्थ्य शिक्षा सम्बन्धी भिडियोहरु प्रर्दशन गरिएको थि यो । सहभागीले गर्भ अबस्थामा ४ पटक जाँच गर्ने ४,६,८र ९ महिना र दैनिक ४ पटक पोषण खानाको प्रतिबद्धता व्यक्त गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284