
मादी ७ मा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ७ मा महिला समन्वय समितिको आयोजना तथा वडा कार्यालयको सहयोगमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

मादी ७ का महिला दिदीबहिनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा नेतृत्व विकास गर्ने उद्देश्यले महिला सशक्तिकरणका लागि उद्घोषण तालिम शीर्षकमा सो तालिम सम्पन्न भएको हो ।

मादी ७ मेलबोटमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले अब तालिमपछि महिलाहरुमा आत्माविश्वास बढ्ने भन्दै भोलिका दिनबाट सबै महिलाहरु अग्रसर भएर समाजमा अघि बढनुपर्ने र भाषण गर्न सक्नुपर्ने बताउनुभयो । साथै उहाँले महिलाहरु पनि वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष बन्न सक्ने भन्दै आफनो क्षमता र नेतृत्व तथा व्यक्तित्व विकासमा ध्यान दिन सबै आमा दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा प्रशिक्षक द्धय रुद्र श्रीष मगर र रोशनी गुरुङले छोटो समयमा धेरै कुरा सिकाउन नसकेता पनि जे जति सिकायो त्यसलाई व्यवहारमा उतार्न सबै प्रशिक्र्षीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आमा समहुकी अध्यक्ष श्री लक्ष्मी गुरुङ र प्रशिक्षार्थीहरु विनिता लामिछाने, लिला तामाङले आफनो तालिम अनुभव सुनाउनु भएको थियो । भने कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने प्रशिक्षकहरुलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

महिला समन्वय समितिका अध्यक्ष उषा थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य तथा तालिममा प्रशिक्षार्थी निर्मला लामिछानेले गर्नुभएको थियो । तालिममा २१ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा पत्रकार द्धय रुद्र श्रीष मगर र रोशनी गुरुङले सहजीकरण गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26