
मादी ७ मा तीन दिने उद्घोषण तालिम शुरु
मादी गाउँपालिका वडा नं. ७ महिला समन्वय समितिको आयोजना तथा वडा नं. ७ को सहयोगमा आजदेखि मादी ७ छाचोकमा तीन दिने उद्घोषण तालिम शुरु भएको छ ।

तालिमको एक कार्यक्रमका बीच मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले उदघाटन गर्दै अब महिलाहरु यो तालिमपछि वडामा हुने विभिन्न कार्यक्रमहरुमा बोल्न सक्ने र कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमताको अभिवृद्धि हुने बताउनु भयो ।
महिला वडा समन्वय समितिका अध्यक्ष उषा थापामगरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव मिरु परियारले गर्नुभएको थियो ।

तालिममा मादीका विभिन्न स्थानबाट २१ जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा पत्रकारद्धय रुद्र श्रीस मगर र रोशनी गुरुङले सहजीकरण गर्नुभएको छ ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00