
मादी ७ मा नेतृत्व तथा संस्थागत विकास तालिम सम्पन्न
मादी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र सिल्दुजुरे महिला बचत सहकारी संस्था एवम वडा कार्यालयको समन्वयमा २ दिने नेतृत्व तथा संस्थागत विकास तालिम सम्पन्न भएको छ ।

मादी गाउँपालिका वडा नं ७ को सभाहलमा यही जेठ ४ गते मादी गाउँपालिका गाउँ कार्यपालिका सदस्य विष्णुकुमारी गुरुङले व्यानर पढेर एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले महिलाहरु अब घरमा मात्र नभई समाजको हरेक क्षेत्रमा नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभयो । २ दिनसम्म सञ्चालित तालिममा मादी ७ का थाक, नयाँगाउँ, पानीघाट, खतेडाँडा, नौलेडाँडा, गुरुङ छाचोक, ठकुरी गाउँ, बाउन छाचोक, ढोडेनि लगातयत टोल तथा गाउँ एवम सहकारीमा आबद्ध ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा मादी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शर्मिला भण्डारीले सहभागीहरुलाई नेतृत्वका लागि कुशल नेतामा हुनुपर्ने गुणहरु, निर्णय प्रकिया, व्यतित्व विकास, घरेल र लेङ्गिक हिसां नेपालको संविधान २०७२ ले महिलाका पक्षका लेखेका संविधानका धाराहरु, देवानि संहिता २०७२, महिला तथा बालबालिकाको हक अधिकार, अपङ्गा परिचय पत्रबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
त्यसैगरि मादी गाउँपालिका सहकारी प्रमुख गुरु पोख्रेलले संस्थागत विकास र सहकारीबारे सहजीकरण गर्नुभएको थियो । तालिमको समापन समारोहमा उक्त कार्यक्रमका अध्यक्ष एवम मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले सबै टोल बस्तीबाट सबै प्रकारका विभेद र हिसां अन्त्य गर्न जरुरी रहेको बताउँदै महिलाहरुले पीडा सहेर बस्ने र हेरेर बस्ने हैन भन्दै सामाजिक रुपमा रहेका सबै हिसांको जन्जिर व्यवहारिक रुपमा तोड्न महिलाले नै साथ दिनुपर्ने बताउनुभयो । महिलाहरु चुलो चौका र कोर्कोतिर मात्र हैन राज्यको सबै अंगको नेतृत्वतिर अग्रसर हुन समेत उहाँले आग्रह गर्नुभयो ।
समापन समारोहमा वडा सचिव सनमबहादुर क्षेत्री, वडा सदस्य बेलसुब्बा विक, वडा महिला समन्वय समितीका अध्यक्ष उषाथापा मगर, सिल्दुजुरे महिला वचत तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमकुमारी खड्का, सहभागीहरु लिलाकुमारी तामाङ, शितल वंशी, हिरा अचार्य, पशु प्रविधिक रवि बराल लगायतले मन्तव्य राख्नु भएको थियो । सहभागीहरुलाई प्रगतीशिल आमा समूह खतेडाँडाका आमाहरुले व्यवस्थापनमा सहयोग गरेको थियो ।
कार्यक्रम मादी गाउँपालिकाको आर्थिक सहयोग र शर्मिला भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26