
मादी ७ सबिमा पशु स्वास्थ्य शिविर सम्पन्न
भेटेनेरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र कास्कीको आयोजना र मादी गाउँपालिकाको सहआयोजना तथा व्यवस्थापनमा एकदिने पशु स्वास्थ्य शिविर मादी ७ स बीमा सम्पन्न भएको छ ।
शिविरको उद्घघाटन मादी गाउँपालिका उपाध्यक्ष विष्णु अचार्य पौडेलले किसानहरुलाई औषधी प्रदान गरेर गर्नुभएको थियो । सो अवसरमा उहाँले स्वस्थ पशुपालन गरि आर्र्थिक क्षेत्रको विकास गर्न अनुरोध गर्नुभयो ।

उक्त अवसरमा भेटेनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र कास्कीका प्रमुख ठगेन्द्र अयार्लले किसानहरुको सेवा सुविधाका लागि गाउँगाउँमा घुम्ति शिविर सञ्चालन गरेको बताउनुभयो ।
सोही संस्थाका कार्यकारी अधिकृत ठाकुर ढकाल, प्राबिधिक कमला खत्री, शेरबहादुर सारु, मादी गाउँपालिका पशु सेवा शाखा प्रमुख सुर्य सुवेदी, मादी गाउँपालिका वडा नं ६ र ७ का पशु प्राबिधिक रवि बराल, १ र २ का पशु प्राबिधिक विकास पौडेल लगायत जनप्रतिनिधिहरु सहित पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा १ सय ५० भन्दा बढी पशुपालक किसान तथा व्यवसायिक फर्मका किसानरुलाई निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो । कार्यक्रम मादी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09